२०८१ भाद्र २३
                           

सिन्धुपाल्चोकको स्थानिय तहलार्ई ४ अर्ब ६० करोड २६ लाख अनुदान

२४ जेठ,  सिन्धुपाल्चोक । संघीय सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ मा सिन्धुपाल्चोक जिल्लाका १२ पालिकालाई ४ अर्ब ६० करोड २६ लाख अनुदान दिने भएको छ । उनीहरुले समानीकरण अनुदान, सशर्त अनुदान,विशेष अनुदान र समपुरक शीर्षकमा यो रकम पाउने भएका हुन् । १२ पालिकामध्ये सबैभन्दा धेरै अनुदान चौतारा सागाचोकगढी नगरपालिकाले पाएको छ । उसले ६७ करोड ७९ लाख पाएको छ । त्यसपछि दोस्रोमा धेरै अनुदान मेलम्ची नगरपालिकाले ६२ करोड ४९ लाख पाएको छ ।

त्यसपछि इन्द्रावती गाउँपालिका ४१ करोड ५१ लाख पाएको छ भने बाह्रबिसे नगरपालिकाले ३८ करोड ७६ लाख प्राप्त गरेको छ । यसैगरी सुनकोशी गाउँपालिकाले ३५ करोड ५३ लाख पाएको छ ।आगामी आर्थिक वर्षका लागि पाँचपोखरी गाउँपालिकाले ३३ करोड ८८ लाख अनुदान पाएको छ । बलेफी गाउँपालिकाले ३२ करोड ९६ लाख पाएको छ ।

। जुगल गाउँपालिकाले ३१ करोड ४९ लाख पाएको छ ।हेलम्बु गाउँपालिकाले ३० करोड ८३ लाख पाएको छ । यसैगरी भोटेकोशी गाउँपालकाले २८ करोड ८१ लाख पाएको छ । लिसंखुपाखर गाउँपालिकाले २८ करोड ६१ लाख पाएको छ । यसैगरी सबैभन्दा कम त्रिपुरासुन्दरी गाउँपालिकाले २७ करोड ६६ लाख पाएको छ । संघीय सरकारले स्थानीय तहहरुलाई समानीकरण, सशर्त, विशेष र समपुरक शीर्षकमा अनुदान दिँदै आएको छ ।

,,,,,,,,,,,,,,,

प्रतिक्रिया दिनुहोस्