२०८१ भाद्र २३
                           

मिनीटिलर पाएपछि किसान खुसी, जतन गरी चलाउन मेयर सापकोटाको आग्रह

३१ जेठ, सिन्धुपाल्चोक । मिनीटिलर पाएपछि चौतारा साँगाचोकगढी नगरपालिकाका किसान खुसी भएका छन् । हाते ट्याक्टर अर्थात मिनीटिलर चौतारा साँगाचोकगढी नगरपालिकाले ५० प्रतिशत अनुदानमा सहकारी, कृषक समुह मार्फत दिइएको हो ।

विहिबार मेयर कृष्ण प्रसाद सापकोटाले कृषकलाई मिनीटिलर हस्तान्तरण गरे । मेयर सापकोटाले ट्याक्टर जतन गरी चलाउन आग्रह गर्दै संरक्षण गर्नेछ भन्ने विश्वास रहेको बताए । कृषकहरुको माग धेरै आएपनि सबै कृषकलाई सम्बोधन गर्न सम्भव नभएकाले विधि र प्रक्रियामा रहेर ट्याक्टर दिएको धारणा राखे । यसपाली कृषि समुह, फर्म तथा कृषि सहकारीबाट आएको मागको आधारमा १ सय ९१ वटा मिनीटिलर वितरण गरिएको हो ।

यस वर्ष टेन्डर प्रक्रियाबाट खरिद गरेकाले प्रति ट्याक्टरको मुल्य २८ हजार ५ सय रहेकोमा किसानले आधा १४ हजार २ सय ५० मा पाएका हुन । गत वर्षको बजारमा खरिद गरेको तुलनामा टेन्डर मार्फत जादा १७ हजार कम मुल्य परेको छ ।कृषि क्षेत्रलाई आधुनिक तर्फ लैजान र उत्पादन वृद्धि गराउन सहयोग पुग्ने उपमेयर सिता थापाले बताइन् । कृषक समुह र सहकारीले प्रस्ताव ल्याउने समयमा सबै किसानलाई ध्यानमा राखेर प्रस्ताव ल्याउनुपर्ने उनको भनाई थियो ।

चालू आर्थिक वर्षको कृषी तर्फको कार्यक्रमबाट मिनिटिलरका लागी निवेदन माग सम्बन्धि सुचना प्रकाश गरिएको थियो । कृषकको मागका आधारमा टेन्डर मार्फत खरीद गरी कृषकलाई वितरण गरिएको चौतारा साँगाचोकगढी नगरपालिका कृषि शाखा प्रमुख चिरञ्जीवी कट्टेलले बताए ।नगरपालिकाको आँगनमा आइपुगेका कृषकहरू सस्तो मुल्यमा मिनीटिलर पाएपछि खुसी देखिएका थिए ।

प्रतिक्रिया दिनुहोस्