२०८१ भाद्र २३
                           

पाँचपोखरी थाङपाल गाउँपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

३१ जेठ, सिन्धुपाल्चोक ।  पाँचपोखरी थाङपाल गाउँपालिकालाई पूर्ण खोपसुनिश्चितता पालिका घोषणा गरिएको छ । गाँउपालिका अध्यक्ष टासी लामा, उपाध्यक्ष सुनिता अधिकारी, जनस्वास्थ्य कार्यालयसिन्धुपाल्चोकका प्रमुख दुर्गा बजगाँइ लगायतको उपस्थितिमा  बिहिबार गाउँपालिकालाई निश्चित सुचकका आधारमापूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको हो ।

पहिलो चरणमा पालिकाका सबै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणागरिएको र हाल सोही तथ्याङ्क र सूचकका आधारमा पूर्ण खोप सुनिश्चिततागाउँपालिका घोषणा गरिएको पालिकाका स्वास्थ्य शाखा प्रमुख आत्मराम धिताललेबताउनुभयो ।   सबै सर्तहरू पूरा गरी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चिततागाउँपालिका घोषणा गरिएको जनस्वास्थ्य कार्यालयसिन्धुपाल्चोकका प्रमुख बजगाँइले बताउनुभयो ।  पालिकाभित्र  ८ वटा स्वास्थ्य चौकी ,  २ वटा सामुदायिक स्वास्थ्य इकाइ र २ वटा अस्पताल रहेकागाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण कुँइकेलले जानकारी दिनुभयो । यस पालिकाभित्र८ वटा वडा छन सवै वडामा बर्थिङ सेन्टर पनि छन ।

कार्यक्रममा सामाजिक विकास समिति संयोजक तथा वडा नम्बर ५ का अध्यक्ष कालेगोले,  राष्ट्रिय स्वतन्त्र पार्टीका पालिकासभापति सुन्दर सापकोटा लगायतले शुभकामना व्यक्त गर्नुभयो । महिला स्वास्थ्यस्वयंसेविकाको गुनासो जातिय आधारमा दुव्र्यवहार हुन्छ कार्यक्रममा सहभागि पालिकाका महिला स्वास्थ्य स्वयंसेविकाहरुले अत्यन्तै आवश्यकसामग्री तथा सुविधा समेत नभएको गुनासो गरेका छन ।

उनिहरुले टर्चलाइट्, झोला,प्राथमिक उपचार सामग्री सजिलै पाउने व्यवस्था गर्न माग गर्नुभयो । वडा नम्बर ६ का महिला स्वास्थ्यस्वयंसेविका अप्सरा परियारले जातिय हिसावले आफुले दुव्र्यवहार सहनु परेको बताउँदैसमुह मिटिङका लागि खाजा रकम कम भएको गुनासो गर्नुभयो ।उहाँले जातको आधारमा दुव्र्यबहारहुने तथा खाजा रकम कम हुँदा आफैेंले खल्तिको रकम हाल्नु परेको गुनासो गर्नुभयो।  गुनासो सुन्दै उहाँहरुका लागि आवश्यकसामग्री तथा थप सुबिधा प्रदान गर्ने पालिका अध्यक्ष लामाले प्रतिवद्धता जनाउनुभयो । जात,धर्मकोआधारमा अझै बिभेद कायम रहेकाले यसको अन्त्यको लागि सबै लाग्नु पर्ने उहाँको भनाइछ ।

प्रतिक्रिया दिनुहोस्