२०८१ भाद्र २३
                           

स्थानीय सरकारलाई आदिवासी जनजाति लक्षित बजेट विनियोजन गर्न अपिल

सिन्धुपाल्चोक ।  नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् सिन्धुपाल्चोकले जिल्ला स्थित स्थानीय सरकारहरुलाई आदिवासी जनजाति लक्षित बजेट विनियोजन गर्न अपिल गरेको छ ।

जिल्ला समन्य परिषद्का अध्यक्ष तारा बहादुर जिरेल र सचिव रमेश शेर्पाले सिन्धुपाल्चोक जिल्ला अन्तर्गतका स्थानीय तहहरुलाई एक पत्र पठाउँदै आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम र बजेटमा मातृभाषा शिक्षा प्रर्बद्धन, आदिवासी जनजातिको सांस्कृतिक पर्व उत्सव प्रबद्र्धन, कार्यक्रममा बजेट विनियोजन गर्न अनुरोध गर्नुभएको छ ।

उहाँहरुले आदिवासी जनजातिको क्षमता अभिवृद्धि, आदिवासी जनजातिको संस्कृतिक भवन निर्माण र आदिवासी जनजाति ललितकला तथा सिप विकास तालिम लगायतमा स्थानिय सरकारहरुले बजेट विनियोजन गर्न अनुरोध गर्नुभएको छ । यसैगरी लोकसेवा तयारी कक्षा संचालन गर्न आदिवासीको विविध विधामा सम्मान कार्यक्रम राख्न तथा बुद्ध जयन्तीजस्ता सार्वजनिक कार्यक्रमका लागि पनि वजेट तर्जुमा गर्न सुझाव दिनुभएको छ ।

विगतमा स्थानीय सरकारले गरेको बजेट विनियोजनमा आदिवासी जनजातिको प्राथमिकता क्षेत्र निर्धाण हुन नसकेको सम्बन्धमा सो सुझाव दिईएको सचिव रमेश शेर्पाले बताउनुभयो । सिन्धुपाल्चोक जिल्लामा चौतारा सागाचोकगढी, मेलम्ची, बाह्रविसेसमेत तीन नगरपालिका र इन्द्रावती, जुगल, त्रिपुरासुन्दरी, पाँचपोखरी थाङपाल, बलेफी, भोटेकोशी, लिसंखुपाखर, सुनकोशी र हेलम्बुसमेत ९ गाउँपालिका रहेका छन ।

प्रतिक्रिया दिनुहोस्