२०८१ भाद्र २३
                           

नगर बाल भेला तथा अभिमुखीकरण,वडा नं १२ वडा बाल सञ्जाल उत्कृष्ट  घोषणा

३२ जेठ, सिन्धुपाल्चोक । बालबालिकामा लगानी सुनिश्चत भविष्यको थालनी भन्ने नारा सहित एक दिवसीय नगर बाल भेला तथा अभिमुखीकरण कार्यक्रम भएको छ । चौतारा साँगाचोकगढी नगरपालिका नगर बाल सञ्जालको आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रममा नगरपालिका भरिका बाल सञ्जालमा आवद्ध बालबालिकाहरु सहभागी थिए ।

यस कार्यक्रममा बोल्दै चौतारा साँगाचोकगढी नगरपालिकाको उपमेयर सिता थापाले बालबालिकाहरुलाई हौसला दिएकी थिइन् । अहिले स्थानिय सरकारले बजेट विनियोजनको गृहकार्य गरिरहेका बेला बालबालिकाको लागि पनि सक्दो धेरै बजेट छुट्याउन आफ्ना वडाका जनप्रतिनिधिसम्म पुगेर माग गर्न उनले बालबालिकालाई सुझाव दिइन् । बालबालिकाको शिर्षकमा बजेट विनियोजन भएमा उनिहरुलाई अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण, क्षमता विकासका कार्यक्रमहरु गर्न सहज हुने उपमेयर थापाको भनाई थियो ।

उनिहरुलाई बालबालिकाको हक, अधिकार र स्थानिय तहमा बालमैत्री वडा तथा पालिका घोषणा गर्न पुरा गर्नुपर्ने सुचांक लगायतका विषयमा बाल अधिकारकर्मी ललित रानाले प्रशिक्षण दिएका थिए ।कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका पुर्व प्रमुख प्रसाद ढुंगेललाई सम्मान गरेका छन्। समारोह बिच वडा बाल सञ्जालहरूबाट वार्षिक  रूपमा भएको कार्यक्रमका प्रतिवेदन सङ्कलन गरि त्यस मध्य बाट कार्यसम्पादनका आधारमा  वडा नं १२ वडा बाल सञ्जाल उत्कृष्ट  घोषणा गरिएको थियो  । चौतारामा भएको नगर बाल भेला तथा अभिमुखिकरणले बालबालिकालाई काम गर्न थप उर्जा मिलेको नगर बाल सञ्जालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्