२०८१ भाद्र २३
                           

सुकुटेसँगै सिंगो सिन्धुको पर्यटनमा टेवा पु¥याउन सिन्धु सुकुटे पर्यटन संघ गठन

३ असार ,चौतारा । सिन्धुपाल्चोकको पर्यटकीय क्षेत्र सुकुटेसँगै समग्र सिन्धुपाल्चोकै पर्यटन क्षेत्रको विकास गर्ने उदेश्यका साथ सिन्धु सुकुटे पर्यटन व्यवसायी संघ गठन भएको छ ।
विगत लामो समयदेखि पर्यटन व्यवसायमा आवद्ध व्यवसायीहरुको एक भेलाले सिन्धु सुकुटे पर्यटन व्यवसायी संघ गठन गरेको हो ।

संघलाई कानूनी मान्यता दिनका लागि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा पनि विधिवत दर्ता गरिसकेको संघले जनाएको छ ।
१३ जना संस्थापक रहेको संघ तदर्थ समितिमा सुकुटेबीच रिसोर्टका महेन्द्र सिंह थापा, चौतारा साँगाचोकगढी १० का अन्जनकुमार खड्का, हाल चौतारा साँगाचोकगढी १० मा नै व्यवसाय सञ्चालन गर्दै आउनु भएका दोलखाका राजन श्रेष्ठ, चौतारा साँगाचोकगढी १० का कृष्णबहादुर सापकोटा, सुनकोसी गाउँपालिकाका रञ्जन न्यौपाने, चौतारा साँगाचोकगढी नगरपालिका वडा न १० का नरेन्द्रकुमार खड्का, बाह्रबीसे ८ का इश्वरी लाल श्रेष्ठ, सुनकोसीका रामहरी खड्का, चौतारा साँगाचोकगढी ९ का ललित गिरी, १० का रामचन्द्र खड्का, काभ्रेका पदमकेश श्रेष्ठ, चौतारा साँगाचोकगढी १२ का विनोद श्रेष्ठ र दोलखाका श्रीकृष्ण श्रेष्ठ रहेका छन् ।

पर्यटन व्यवसायीहरुको हक, हित र अधिकारसँगै ¥याफ्टिङ पर्यटनलाई अझ प्रभाकारीरुपमा सञ्चालन गर्दै आम सिन्धुपाल्चोककै पर्यटनमा विशेष टेवा पु¥याउनका लागि संघको गठन भएको संस्थापक एवम् सुकुटेबीचका महेन्द्रसिं थापाले बताउनुभयो । सिन्धुपाल्चोकको पर्यटन क्षेत्रको पहिचान गरि ती क्षेत्रहरुलाई पर्यटकीय गन्तव्य बनाउदै यहाँको आर्थिक समृद्धिमा सहजीकरण गर्नका लागि संघको अपरिहार्यता रहेको हुँदा संघ गठन प्रकृया अगाडि बढेको भोटेकोसी बीच रिसोर्टका कृष्णबहादुर सापकोटाले बताउनुभयो ।

संघले छिट्टै नै पर्यटन सम्वन्धी कार्यक्रम गर्दै आफ्ना उदेश्य प्राप्तिका लागि गतिशिल हुने अर्का संस्थापक अन्जन खड्काले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्