२०८१ भाद्र २३
                           

मेलम्ची शिखरपुरमा स्वास्थ्य चौकी भवन शिलान्यास

३ असार, सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका वडा नम्बर १० शिखरपुरमा स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ । सोमबार मेलम्ची नगरपालिका मेयर आइतमान तामाङले भवनको शिलान्यास गरेका हुन । २ करोड १३ लाख ३९ हजार ९८९ रूपैंयामा भवन निमार्ण हुने भएको छ ।

शिलान्यास गर्दै मेयर तामाङले संरचना र सेवा दुवै कुरालाई संगसंगै लैजानुपर्ने बताए । समृद्ध मेलम्ची बनाउनको लागि स्वास्थ्य क्षेत्रको विकास गर्दै जानुपर्नेमा जोड दिइएको छ । स्वास्थ्य चौकीको लागी अपुग रकम नगरपालिकाले थप गर्ने भएको छ । सुविधा सम्पन्न भवन निर्माण गरेर सेवा प्रवाह गर्ने मेयर तामाङको भनाई छ । स्वास्थ्य चौकीमा सेवा विस्तार गर्दै ल्याव टेस्ट, बर्थिङ सेन्टर पनि सञ्चालन गर्ने भएको छ ।

यस स्वास्थ्य चौकी निर्माण भएपछि यहाँका नागरिकलाई स्वास्थ्यको क्षेत्रका राहत मिल्ने वडा अध्यक्ष अमृत खनालले बताए । वडामा अन्य भौतिक संरचना तथा सामाजिक विकासका कामहरू समेत भईरहेको वडाध्यक्ष खनालले जानकारी दिए ।
रूक्मिनि ईन्जिनियरिङ एण्ड कन्ट्रक्सन प्रा.लि भक्तपुरले १८ महिनाको अवधिमा भवन निर्माण सम्पन्न गर्ने सम्झौतामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्