२०८१ भाद्र २३
                           

बौद्ध तिनचुलीबाट ६ किलो सुन र नगदसहित चिनियाँ नागरिक पक्राउ

३ असार, काठमाण्डौ । प्रहरीले काठमाडौँको बौद्ध तिनचुलीबाट ६ किलो सुन र ४८ हजार नगदसहित चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । उनको साथबाट सोनाम गुरुङ नामको नेपाली नागरिकता पनि बरामद गरिएको प्रहरीका केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले जनाएको छ ।

हङकङबाट ल्याएको ६० केजी सुनको रकम भुक्तानीकर्ता खोज्ने क्रममा उनको घर खानतलासी गर्दा ६ किलो सुन भेटिएको सीआईबीका एसपी होविन्द्र बोगटीले जानकारी दिए । ६० केजी सुन तस्करीमा संलग्न समूहले ३ हजार १९४ किलो सुन तस्करी गरेको विज्ञ समूहको निष्कर्ष छ ।

प्रतिक्रिया दिनुहोस्