२०८१ भाद्र २३
                           

चौसाँगढीमा ३ सडक र बालग्रामको लागि प्रदेश समपुरक तथा विषेश अनुदान

४ असार, सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिकामा आर्थिक वर्ष २०८१/८२ मा प्रदेश सरकारसँगको प्रदेश समपुरक कार्यक्रम तथा योजना ३ वटा परेको छ । नगरपालिकालाई प्राप्त बागमती प्रदेश सरकारसँगको प्रदेश समपुरक कार्यक्रमहरु चौसाँगढी १० स्थित जल्केनी कार्कीटार सुकुटे सडक स्तरोन्नती योजना, चौसाँगढी १२ स्थित पानीचौर श्वाँराथोक सडक स्तरोन्नती र चौसाँगढी १३ स्थित कोट भुलभुले नर्सिडाँडा सडक स्तरोन्नती योजना रहेका छन् ।

समपुरक कार्यक्रम अन्तरगत प्रति योजनामा १ करोड पाएको हो । यी समपुरक कार्यक्रममा नगरपालिकाले प्रति योजना १ करोड थप गरेर जम्मा दुई करोडमा योजना सम्पन्न गर्ने चौतारा साँगाचोक गढी नगरपालिकाले जनाएको छ । प्रदेश समपुरक कार्यक्रम मार्फत नगरपालिकाले बजेट थप गरेर सडक स्तरोन्नती हुने भएपछि  सहज हुने भन्दै लाभान्वित समुदायका नागरिकहरु खुशी भएका छन् ।

यसैगरी चौतारा साँगाचोकगढी नगरपालिकाले सुरु गरेको विपन्न बालबालिकालाई निशुल्क शिक्षा, गाँस ,बास सहितको आवास बालग्रामका लागि लागि प्रदेश सरकार मार्फत ७० लाख विशेष अनुदान प्राप्त भएको छ । नगरपालिकाले  गत २०८० चैत २७ गते कार्यपालिकाको बैठकमा निर्णय गरेर योजनाहरु प्रस्ताव गरी लागत स्टिमेट सहित बागमती प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयमा पठाएको थियो । समपुरक कार्यक्रम तर्फ ५ वटा मध्य ३ वटा योजना छनौट भएको हो भने विशेष अनुदान कार्यक्रम तर्फ ३ वटा मध्य एउटाका लागि बजेट परेको नगरपालिकाले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्