२०८१ भाद्र २३
                           

मेलम्ची खानेपानी आयोजनालाई एडिबीले दुई अर्ब रुपैयाँ अनुदान दिने

४ असार, काठमाडौ । एसियाली विकास बैंक (एडिबी) ले मेलम्ची खानेपानी आयोजनालाई दुई अर्ब रुपैयाँ अनुदान दिनेü भएको छ ।

मेलम्ची खानेपानी आयोजनाको दातृ निकाय एडिबीले २ अर्ब (१९.७५ मिलियन अमेरिकी डलर) बराबर अनुदान दिएको खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले बताए।

२०७८ असार १, साउन १६ र १७ गते भेमाथाङबाट आएको भलबाढीले तल्लो तटीय क्षेत्रमा क्षति पुर्‍याउनुका साथै मेलम्ची खानेपानीको हेडवर्क्स नै पुरेको थियो।

अहिले सरकारले त्यो हेडवर्क्स नयाँ ठाउँमा सार्ने तयारी गरेको छ।“सरकारले अम्बाथानबाट एक किलोमिटर माथि सर्कथलीमा बाँध सार्ने तयारी गरिरहँदा एडिबीले जलवायु परिवर्तनको असरसँग सम्बन्धित शीर्षकममा उक्त अनुदान रकम उपलब्ध गराउन लागेको हो। यसका अतिरिक्त एडिबीले नयाँ हेडवर्क्स, सुन्दरीजलमा ट्रिटमेन्ट प्लान्ट बनाउन ऋण सहायता उपलब्ध गराउने भएको छ।

अनुदान दिएको रकम पनि बाँध बनाउनै खर्च हुने सचिव आचार्यले जानकारी दिए। नयाँ ठाउँमा बाँध सार्न करिब ४ अर्ब खर्च हुने खानेपानी मन्त्रालयको अनुमान छ।

प्रतिक्रिया दिनुहोस्