२०८१ भाद्र २३
                           

तेस्रो लाइनस् कप फ्रेन्डली फुटबल हुने

६ असार, सिन्धुपाल्चोक । चौतारा टुँडिखेलमा शुक्रबार तेस्रो लाइनस् कप फ्रेन्डली फुटबल टुर्नामेन्ट हुने भएको छ । लायन्स क्लब अफ काठमाडौं सिन्धु चौतारा सिटिको आयोजना मैत्रीपूर्ण फुटबल हुने भएको हो ।

तेस्रो लाइनस् कपका लागि १० टिम सहभागी हुने आयोजकले जनाएको छ । शुक्रबार हुने तेस्रो लाइनस् कप को तयारी पुरा भएको आयोजक क्लबका अध्यक्ष शन्देश श्रेष्ठले जानकारी दिए ।

सहभागी टिम समुह ए मा रोयल्स फ्यामेली चौतारा, कर्मचारी मिलन केन्द्र, शिक्षक संघ, मेलचौर युवा जागरण समाज र चौतारा स्पोर्टिङ क्लब रहेका छन् । यसैगरी समुह बि अन्तरगत चौतारा साँगाचोक गढी नगरपालिका, बैंक इन्सुरेन्स माइक्रो फाइनस् क्लब, लायन्स क्लब अफ काठमाडौं सिन्धु चौतारा सिटि, सिन्धु इन्जिनियरिङ सोसाइटी र पत्रकार महासंघ सिन्धुपाल्चोक शाखा रहेका छन् ।

फुटबल खेल शुक्रबार विहान साढे ७ बजे देखि सुरु हुनेछ । सुरुमा विहान ७ ः३० बजे बैंक इन्सुरेन्स माइक्रो फाइनस् क्लब र लायन्स क्लब अफ काठमाडौं सिन्धु चौतारा सिटिबीच खेल हुनेछ । यसैगरी अन्य टिमहरु बिच विभिन्न समयमा खेल हुनेछ । फाइनल खेल भने शनिबार दिउँसो ३ ः ३० बजे हुने आयोजकले जनाएको छ । समुह ए र बि का विजेता टिमले तेस्रो लाइनस् कप का लागि फाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्