२०८१ भाद्र २३
                           

मेयर सापकोटाको अध्यक्षतामा सर्वदलीय बैठक सम्पन्न

६ असार, सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिकाको मेयर कृष्णप्रसाद सापकोटा देशबन्दुको आह्वानमा बिहिबार सर्वदलीय बैठक बसेको छ । सो बैठकमा नजिकिदैं गरेको १६ औ नगर सभामा पालिकाको समग्र विकास समृद्धि पुर्वाधार बिकास  शुसासन , शिक्षा, स्वास्थ ,खानेपानी , तथा समसामयिक बिषयमा पालिकामा क्रियाशिल दलहरुको राय सुझाव संकलन गरेको छ ।नगरप्रमुख सापकोटाको अध्यक्षतामा बसेको बैठक संचालन उपप्रमुख सीता थापाले गरेकी थिइन् ।

नगरपालिकाले कार्यलयको प्रशासनिक सुधार ,स्वास्थ्य पर्यटन , शिक्षामा गरेको दरबन्दी मिलान , बिद्यालय डाउन साइज , कृषि उपजको बजारीकरणको लागि कृषि एम्बुलेन्स खरिद , कृषि उपजको संकलनको लागि शीत भण्डार लगायतका राम्रा कामको शुरुवात भएको सहभागीहरुले प्रतिक्रिया दिएका छन् । यस कार्यलाई ब्यबस्थित संगै निरन्तरता दिनुपर्ने उनीहरुले सुझाव दिएका थिए । यसैगरी बैठकमा रास्वपाका नगर सभापती रबिन श्रेष्ठले बन्देउ देखि चौतारा सम्म फलफुल रोपेर आन्तरिक पर्यटकलाई आकर्षक गर्न सकिने, सिसी क्यामरा जडान, बादर नियन्त्रणको लागि जैविक घेरा गर्न सकिने बताए ।

नगरपालिकाले यस्तै बैठक त्रैमासिक रुपमा राख्नु पर्ने एमालेका नगर अध्यक्ष खिल बहादुर श्रेष्ठले बताए । यस्तै समाजबादी पार्टीका केन्द्रिय सदस्य सोम सापकोटाले सरकारी सेवा सुबिधा लिएका सबैले आफ्नो बालबच्चा सामुदायिक बिद्यालयमा पढाउनु पर्ने नीति बनाउनु पर्ने बताए ।

बैठकमा नेकपा एकीकृत समाजबादी पार्टीका केन्द्रिय सदस्य सोम सापकोटा , नेपाली कांग्रेसका नगर सभापती इन्द्र लोचन धिताल , नेकपा एमालेका नगर अध्यक्ष खिल बहादुर श्रेष्ठ , नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक गोबिन्द पराजुली , माओवादीका नगर अध्यक्ष श्यामकृष्ण श्रेष्ठ, रास्वपाका नगर सभापती रबिन श्रेष्ठ , राप्रपाका नगर अध्यक्ष सेर बहादुर ठकुरी लगायतको सहभागता थियो ।

प्रतिक्रिया दिनुहोस्