२०८१ भाद्र २३
                           

मेयर बस्नेतलाई पितृशाेक

८ असार । बाह्रबिसे नगरपालिका मेयर बालकृष्ण बस्नेतलाई पितृशाेक परेकाे छ । उनका ७९ वर्षीय बुबा भिमबहादुर बस्नेतकाे ८ असार बिहान तीन बजे मृत्युु भएको हाे । मुटु राेगबाट पीडित बस्नेतलाई उपचार्थ धुलिखेल अस्पतालमा राखिएको थियाे । उपचारकाे क्रममा उनकाे मृत्यु भएको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतले बताए ।
नेपाली काँग्रेसमा लामाे समयदेखि स्थानीय स्तरमा सक्रिय बस्नेत शालीन र भद्र किसान हुन् । नेता माेहनबहादुर बस्नेत, छाेरा बालकृष्ण बस्नेत र काँग्रेसबाट निर्वाचित जनप्रतिनिधि जिताउन उनकाे महत्त्वपूर्ण भूमिका रहँदै आएको छ । उनकाे मृत्युले काँग्रेस बाह्रबिसे कमिटीलाई ठूलाे क्षति पुगेकाे छ । मृत्युपछि अन्तिम श्रद्धाञ्जली दिन बस्नेत परिवार धुलिखेल केन्द्रित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्