२०८१ भाद्र २३
                           

तेस्रो लयान्स कप फुट्बल खेलमा चौतारा स्पोर्टिङ क्लब विजयी

चौतारा । तेस्रो लयान्स कप २०८१ को उपाधी स्पोर्टिङ क्लब चौताराले जीत्न सफल भएको छ ।जर्सी न ३५ का खेलाडी नविन श्रेष्ठले गरेको एक गोल नै निर्णायक गोल बने ।

खेलको अधिकाँशस समय प्रतिस्पर्धी टिम बैंक तथा वित्तिय संस्थालाई दवावमा राख्न सफल भए पनि थप गोल भने क्लबले गर्न सकेन । खेल प्रारम्भ भएदेखि नै रक्षात्क देखिएको बैंकर्सको तर्फबाट गरेका प्रहारहरु चुक्न थालेपछि अन्तत स्पोर्टिङ क्लबले यो वर्षको उपाधी जित्न सफल भएको हो ।

लायन्स क्लब अफ काठाण्डौ सिन्धु चौतारा सिटी आयोजक रहेको यो मैत्रीपूर्ण फुटबलको तेस्रो संस्करण हो । तेस्रो संस्करणमा स्थानीय १० टिमको सहभागिता रहेको थियो । शुक्रबारबार विहानबाट सुरु भएको स्पर्धा शनिबार साँझ सम्पन्न भएको हो ।

विजयी स्पोर्टिङ क्लबलाई चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले शिल्ड, ट्रफी र मेडल र प्रमाणपत्र प्रदान गरे । उपविजेता बैंकर्सलाई उपमेयर सीता थापाले शिल्ड प्रमाणपत्र मेडल प्रदान गरिन् ।

सिन्धु गैर सरकारी संस्थाको क्षेत्रमा आफ्नो अलगै पहिचान बनाउन सफल क्लबले आगामी वर्षहरुमा पनि प्रतियोगिता जारी राख्ने अध्यक्ष सन्देश श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्