२०८१ भाद्र २३
                           

सालकको बासस्थान संरक्षण बारे सरोकारवालाहरुसंग सचेतना गोष्ठि

९ असार, सिन्धुपाल्चोक । किसानको लागी सहयोगी मानीने दुर्लभ जनावर सालक लोप हुदै गएको भन्दै सरोकारवालाले चिन्ता ब्यक्त गरेका छन् । किरा धमिरालाई सजिलै खाएर किसानलाई सहयोग पुराउने सालक हिजोआज कम देखिन थालेपछि  डिभिजन वन कार्यलय सिन्धुपाल्चोकले आइतबार चौतारामा सचेतना गोष्ठीनै आयोजना गर्यो ।

लामो जिब्रो हुने तर दाँत नहुने सालक जसले कुनैपनि किसिमले कसैलाई पनी हानीनोक्सानी क्षती गर्दैन ।   तर बासस्थान संरक्षण र ब्यवस्थान अभावमा सालक लोप हुदै गएको धादिङ जिल्लाका डिभिजन वन अधिकृत विष्णु प्रसाद आचार्यले बताए । पछिल्लोे समय चोरी, अन्धविश्वास, जलवायु परिवर्तन, वन डढेलो, खोरिया फडानी, वन अतिक्रमण, राज्यले चासो नदिएका कारण सालक लोप हुदै गइरहेको आचार्यले बताए । उनले वनका प्रतिनिधि, पत्रकारलाई सालकको संरक्षणमा ध्यान दिन आग्रह समेत गरे ।

विश्वमा ९ प्रकारका पाइने सालक जनावर नेपालमा भने कालो र तामे गरी दुई प्रकारका सालक पाइन्छ । सिन्धुपाल्चोक, काभ्रे, मकवानपुर, धादिङ र नुवाकोट जिल्लामा सालक बढी देखिने गरेको छ ।  नेपालका ६० भन्दा बढी जिल्लामा सालक पाइन्छ ।  सिन्धुपाल्चोकमा अहिले सम्म कालो सालक मात्र भेटिएको छ । सालक संरक्षणको अभियान स्वरुप डिभिजन वन कार्यालय चौतारा प्रांगणमा सालकको स्वरुप सहितको प्रतिमा निमार्ण भईरहेको वन अधिकृत रमेश दुलालले जानकारी दिए ।

अहिले सबैको ध्यान बाघ, गैडा र हात्तीमा मात्र गएको र सालक संरक्षणमा चासो नपुगेको भन्दै अब जिल्लामा समेत निरन्तर अभियान चलाईने डिभिजनल वन कार्यालय सिन्धुपालोकका प्रमुख मदन कडेलले बताए । लोपोन्मुख दुर्लभ सालकको बारेमा गाउँस्तरसम्म सचेतना फैलन आवश्यक देखिएकाले सबै निकायले ध्यान दिन जरुरी रहेको कडेलको भनाई छ ।

सालकलाई दशकौं अघिदेखि जंगलमा फेला पार्ने गरेको तर पछिल्लो समय देखिन छाडेको छ ।  तस्करहरूले अवैधानिक रुपमा खपटा खरिद गर्ने , मासु खानलाई मार्ने कारणले सालक संकटमा पर्दै गएको हो ।

प्रतिक्रिया दिनुहोस्