२०८१ भाद्र २३
                           

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा सेवाग्राही बढ्न थाले

१० असार, सिन्धुपाल्चोक । आयुर्वेद सेवा प्रवर्धन गर्न सोमबार आयुर्वेद तथा वैकल्पिक चिकित्सालय चौताराले पत्रकारसँग अन्तरक्रिया गरिएको छ । सो कार्यक्रममा चिकित्सालयबाट प्रवाह भइरहेको सेवा र आयुर्वेद उपचार पद्धतीलाई प्रचारमा कसरी लैजान सकिन्छ भन्नेबारे सञ्चारकर्मीहरुसँग छलफल गरिएको थियो ।

तथ्यांक हेर्दा आयुर्वेद तथा वैकल्पिक उपचार पद्धतिप्रति सेवाग्राहीको आकर्षण बढ्न थालेकाले सदरमुकाम चौतारा स्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा सेवाग्राही बढ्न थालेको छ । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म २१ हजार २ सय ४७ जना सेवाग्राहीले चिकित्सालयबाट विविध स्वास्थ्य सेवा लिएका छन् । आयुर्वेद तथा वैकल्पिक उपचारप्रति जनताको विश्वास बढ्न थालेपछि चिकित्सालयले पनि थप सेवाहरू सुचारु गरेको डा. अञ्जु कार्कीले  बताइन ।

हाल चिकित्सालयमा बहिरङ्ग सेवा बाहेक स्तनपायी, पूर्व कर्म, पञ्च कर्म, योग, जनतासँग मुख्यमन्त्री स्वास्थ्य कार्यक्रम, पथ्य आहार र ज्येष्ठ नागरिक जस्ता कार्यक्रमहरू सञ्चालन भइरहेको छ । करारमा कर्मचारी नियुक्ती गर्दा कर्मचारी जाने समस्याले अकुपञ्चर सेवा  भने हाल स्थगन गरिएको र लोक सेवा मार्फत कर्मचारीको ब्यवस्था मिले पछि पुन सेवा सुरु गर्ने डा. कार्कीले जानकारी दिइन ।

यसैबिच बजार एरियामा बेला बखत आयुर्वेद औषधी बारे भ्रामक प्रचार गरि किनबेच भइरहेको गतिविधिबारे सहभागीले ध्यानआकर्षण गराएका थिए । यसबारे जिल्ला प्रशान कार्यलयले अनुगमन गर्ने सायक प्रमुख जिल्ला अधिकारी जीत बहादुर भण्डारीले बताए ।

पछिल्लो समय चिकित्सालयमा विरामीको चाप बढ्न थालेपछि चिकित्सालयले पनि अस्पताल निर्माणका लागि पहल थालेको छ । हालको चिकित्सालय १६ शैयामा विस्तार भएको छ ।  चिकित्सालय अस्पतालमा विस्तार गर्नका लागि उपयुक्त स्थान वा जग्गाको खोजीकार्य भइरहेको डाक्टर कार्कीले बताइन् । चिकित्सक सहित झण्डै ११ जनाको दरबन्दी रहने सो अस्पतालका लागि आवश्यक पर्ने जग्गा खोजीका लागि नगरपालिकाले समन्वय गरेर अघि बढ्ने चौतारा साँगाचोकगढी नगरपालिकाकी उपमेयर सीता थापाले बताइन ।

तथ्याङ्क अनुसार चिकित्सालयबाट चालु आर्थिक वर्षको जेठ मसान्तसम्म १३ सय ६४ जना पुरुष र १३ सय ६९ जना महिला गरि जम्मा २७ सय ३३ जना ज्येष्ठ नागरिकले सेवा लिएको छ । गत आर्थिक वर्षमा जम्मा २२ सय ५१ जना ज्येष्ठ नागरिकले सेवा लिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्