२०८१ मंसिर ६
                           

पैतृक सम्पत्ति प्राप्त गरेका १५ जना महिलालाई चौसाँगढीले गरे सम्मान

११ असार ,चौतारा । पैतृक सम्पत्तिमा छोरीको अधिकार स्थापित गर्न सफल १५ जना महिलाहरुलाई सम्मान गरिएको छ । मंगलबार एक कार्यक्रम आयोजना गरी चौतारा साँगाचोकगढी नगरपालिकाले सम्मान गरेको हो । वडा नम्बर २,३,७,८ र ९ का महिलाहरुलाई नगरपालिका मेयर कृष्ण प्रसाद सापकोटा र उपमेयर सिता थापाले सम्मानपत्र दिएका हुन् ।

सम्पत्तिमा महिला–पुरुष तथा छोराछोरी बीचमा समान अधिकार रहेको संवैधानिक तथा कानुनी व्यवस्था प्रभावकारी कार्यान्वयन गर्न गराउन सकिने कुरा पुष्टि गर्न उनीहरु उदाहरणीय पात्र हुन । समुदायमा चेतना जगाउन यो कार्यक्रमको महत्व भुमिका रहने उपमेयर थापाले बताइन् ।

अंश बन्डामा समान अधिकारको सदुपयोग गरेका महिलाहरुलाई महिला सञ्जाल मार्फत सम्मान गरीएको हो । उनीहरुले राज्यले कानुनमा ब्यवस्था गरेको सुविधा लिदै पैतृक सम्पती प्राप्त गरेका हुन् । ईर्खुकी सृजना विकले परिवारको सहमतिमा पैतृक सम्पत्ति प्राप्त गरेकी बताइन् । आफ्नो नाममा पुर्जा भएपछि जग्गा प्रयोग गरेर  कुनैपनि काम गर्न सहज हुने उनको भनाइ छ ।

नेपालको संविधानमा पैतृक सम्पत्तिमा समान हक हुनेछ भन्ने स्पष्ट व्यवस्था रहेको सिन्धुपाल्चोकका जिल्ला न्यायधीश भगवती शर्मा ढुङ्गेलले बताइन । महिलाको हकमा प्रत्येक महिलालाई लैङ्गिक भेदभाव बिना समान वंशीय र सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पतीको समान हक हुने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्