२०८१ भाद्र २३
                           

युरो कप फुटबलमा आज राति चार वटा खेल हुँदै

१२ असार , काठमाण्डौ । युरो कप फुटबलमा आज राति चार वटा खेल हुँदैछन् । राति पौने १० बजे फ्र्याङ्कफर्टमा समूह ‘ई’ का स्लोभाकिया र रोमानिया खेल्दैछन् । रोमानिया २ खेलमा ३ अङ्कसहित शीर्ष स्थानमा छ । स्लोभाकिया पनि २ खेलमा ३ अङ्कसहित तेस्रो स्थानमा छ ।यस्तै राति पौने १० बजे नै स्टुटगर्टमा यही समूहका युक्रेन र बेल्जियम खेल्दैछन् । बेल्जियम २ खेलमा ३ अङ्कसहित दोस्रो स्थानमा छ । युक्रेन पनि २ खेलमा ३ अङ्कसहित पुछारमा छ ।

यस्तै राति पौने १ बजे गेलसेनकिर्चेनमा समूह ‘एफ’ का जर्जिया र पोर्चुगल खेल्दैछन् । पोर्चुगल २ खेलमा ६ अङ्कसहित शीर्ष स्थानमा छ । जर्जिया २ खेलमा १ अङ्कसहित पुछारमा छ ।यस्तै राति पौने १ बजे नै हमबर्गमा यही समूहका चेक रिपब्लिक र टर्की खेल्दैछन् । टर्की २ खेलमा ३ अङ्कसहित दोस्रो स्थानमा छ । चेक रिपब्लिक २ खेलमा १ अङ्कसहित तेस्रो स्थानमा छ । अब ६ वटा टोलीको टुङ्गो लाग्न बाँकी छ । अन्तिम १६ का खेल आउँदो शनिवारदेखि शुरु हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्