२०८१ भाद्र २३
                           

चौतारामा खुला व्याटमिटन्टन प्रतियोगिता,१५ जोडिको सहभागिता

१४ असार, सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिकास्तरिय खुला व्याटमिटन्टन प्रतियोगिता सुरु भएको छ ।

शुक्रबारबाट सुरु भएको प्रतियोगितामा मेन्स डवलतर्फ १५ जोडिको सहभागिता रहेको छ ।
प्रतियोगिताको चौतारा साँगाचोकगढी नरगपालिका शिक्षा, युवा तथा खेलकूद शाखाका प्रमुख बसन्तराज जोशीले उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले खेलकूदका लागि नगरले उल्लेख्य सहयोग प्रदान गर्दै आएको र आगामी दिनमा पनि खेलकूद विकासका लागि नगरपालिकाबाट आर्थिक, भौतिक र रचनात्मक सहयोग हुने प्रतिवद्धता जाहेर गर्नुभयो ।

नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखा अध्यक्ष जीवन श्रेष्ठ नगरले अन्य क्षेत्रलाई नगरगौरवको आयोजना घोषणा गर्दै लगानी गरे जस्तै खेलकूद क्षेत्रलाई पनि नगरगौरवको आयोजनाको रुपमा अघि सार्दै समग्र खेलकूद क्षेत्रमा परिणाम नै देखिने गरि लगानी गर्नुपर्ने बताउनुभयो ।
ब्याडमिन्टन संघ सिन्धुपाल्चोकका अध्यक्ष सुवर्णलाल श्रेष्ठले खेलकूदले मानसिक, शारीरिक र बौद्धिक विकासमा टेवा पु¥याउँदै सिंगो मानव स्वास्थ्यमा नै सकारात्मक परिवर्तन ल्याउनका लागि महत्वपूर्ण भूमिका खेल्ने भएकोले खेलकूदलाई तीनैतहका सरकारले प्राथमिकता राख्नुपर्ने बताउनुभयो ।

चौतारा ब्याडमिन्टन एकडेमीको आयोजनामा भएको उद्घाटन शत्र अध्यक्ष रमेश श्रेष्ठको अध्यक्षतामा र राकेश रानाको सञ्चालन भएको थियो । प्रतियोगितामा प्रथम हुने टिमले नगद १० हजारसहित मेडल ट्रफी र प्रमाणपत्र, द्धीतीय हुनेले ५ हजार नगदसहित मेडल ट्रफी र प्रमाणपत्र, तेस्तै तेस्रो हुने दुई टीमले २५०० नगदसहित मेडल ट्रफी र प्रमाणपत्र पाउनेछन् ।

आयोजकका अनुसार भोलि विहान ८ बजे सेमिफाइनल खेल हुने छ । जस अन्तर्गत राकेश थापा, नवराज सापकोटाको जोडि र कैलाश घले, राजेश केसीको जोडि भिड्ने छ । त्यस्तै सुवर्णलाल श्रेष्ठ, धर्मबहादुर घलेको जोडि र उपेन्द्र घले, लक्षमण विष्टको जोडिबीच प्रतिस्पर्धा हुनेछ । सेमिफाइनबाट विजयी दुई टीमबीच दिउँसो ३ बजे उपाधीको लागि प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्