२०८१ भाद्र २३
                           

एसईई परिक्षामा तेर्से माबिको उत्कृष्ट नतिजा

कृष्ण ढुंगाना- मेलम्ची । मेलम्ची नगरपालिका ६ तालामाराङ स्थित श्री तेर्से माध्यमिक विद्यालयले २०८० सालको एसइइ उत्कृष्ट नतिजा हासिल गरेको छ । एसइइ परीक्षामा ५२ जना विद्यार्थी सहभागी गराएको मध्ये १५ जनाले ३.६ भन्दा माथी नतिजा प्राप्त गरेको छ । त्यस्तै १९ जनाले ३.२ देखि ३.६ जीपीए प्राप्त गरेका छन् ।

समग्रमा औसत ३.३९ जीपीए सहित जिल्लाकै उत्कृष्ट नतिजा प्राप्त गर्न सफल भएको विद्यालयका प्रधानाध्यापक योगबहादुर अर्यालले जानकारी दिनुभयो ।

देशव्यापी नतिजा हेर्दा ४७.८६ प्रतिशत विद्यार्थी मात्र सफल भएको अवस्थामा विद्यालयले भने ९० प्रतिशत नतिजा हासिल गरेको छ ।

विद्यालयबाट सहभागी मध्ये चार जना विद्यार्थी मात्र एक,एक विषयमा नन ग्रेडमा परेका छन् ।
विगत वर्षहरुदेखि नै विद्यालयका नियमित क्रियाकलापमा फरक अभ्यास गर्दै आएको विद्यालयले आफ्नो फरक किसिमको शैक्षिक अभ्यासलाई निरन्तरता दिँदै जिल्लाको एउटा अब्बल सामुदायिक विद्यालयको रुपमा पहिचान बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्