२०८१ भाद्र २३
                           

तातोपानी नाकाबाट बरामद गरेको चिनियाँ ब्रान्डका रक्सी नस्ट

१७ असार , सिन्धुपाल्चोक । सीमा प्रहरी चौकी कोदारीले तातोपानी नाकाबाट विभिन्न समयमा बरामद गरेको चिनियाँ ब्रान्डका रक्सी नस्ट गरेको छ । उत्तरीनाका तातोपानीबाट अबैध बाटो हुँदै नेपाल भित्र्याएको चिनियाँ टाइगर अर्थात Demian ७ सय अन्ठानब्बे बोत्तल र तोफे mian sheng ब्रान्डको २० गरि ८ सय १८ बोत्तल रक्सी आइतबार नस्ट गरेको हो ।
प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख सन्तोष खड्का, राष्ट्रिय अनुसन्धान अधिकृत राजन प्रजापति तथा स्थानीयहरुको उपस्थितिमा नस्ट गरिएको सीमा प्रहरी चौकी कोदारिले जनाएको छ ।

तातोपानी नाकाबाट अबैध बाटो प्रयोग गरि नेपाल भित्राएको चिनियाँ रक्सी सीमा प्रहरी चौकी कोदारिले नियमित चेकजाँच गर्ने क्रममा विभिन्न स्थानबाट बरामद गरेको सीमा प्रहरी चौकि कोदारिका प्रहरी निरीक्षक सन्चिता श्रेष्ठले बताइन् । उनले भनिन् हामीले नाकामा प्राय जसो नियमित चेकजाँच गर्ने गरेका छौं, नाकाबाट नभई अबैध बाटोबाट नेपाल भित्र्याएका विभिन्न ब्रान्डका चिनियाँ रक्सी बरामद गरेर आइतबार नस्ट गरेको हो ।

नेपालमा चिनियाँ रक्सी भित्र्याउन प्रतिबन्ध छ । तर स्थानीयले भने, यस्ता रक्सी ब्यापार व्यावसाय गर्नको लागि नेपाल ल्याउने गरेको  पाइएपछि  निरन्तर फलो गर्ने क्रममा बरामद गरिएको श्रेष्ठले बताइन ।पछिल्लो समय सीमा नाका तातोपानीमा स्थानीयको चहलपहल बढ्न थाले सगै प्रहरीले सीमा नाकामा निगरानी बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्