१७ असार । कोशी प्रदेशको विराटनगरमा हुन लागेको क्यानडा नेपाल माउन्टेन फिल्म फेस्टिबलमा कलाकार एवम् निर्देशक कृष्णप्रसाद धितालले निर्माण गरेको लघु चलचित्र एप्रोन छनोट भएको छ । हाम्रो वातावरणिय प्रभावले बालमनोज्ञानमा कसरी प्रभाव पार्छ भन्ने विषयमा बनाएको चलचित्रमा लेखन निर्देशन धितालको रहेको छ ।
फिल्म फेस्टिवलमा लामो छोटो डकुमेन्ट्री गरि २० चलचित्र छनोटमा परेका छन । माघ १९ गते विराटनगरमा एक समारोहका विच विभिन्न विधामा उत्कृष्ट छनोट भएकालाई अवार्ड वितरण गरिनेछ । चलचित्र निर्देशक समाज कोशी प्रदेशको आयोजनामा फिल्म फेस्टिबल हुने भएको हो भने चलचित्र विकास वोडले सम्वन्य गरेको छ ।
प्रतिक्रिया दिनुहोस्