१७ असार, सिन्धुपाल्चोक । लायन्स क्लब अफ काठमाडौँ चौतारा सिटिको तेस्रो साधारणसभा तथा अधिवेशनबाट अध्यक्षमा रमेश दुलाल निर्वाचित भएका छन् ।
अन्तराष्ट्रिय सामाजिक संस्था लायन्स क्लबको शाखाको रुपमा ३ वर्ष अगाडी चौतारामा स्थापना भएको थियो ।
आइतबार भएको अधिवेशनले प्रथम उपाध्यक्षमा राकेश श्रेष्ठ, द्धत्तिय उपाध्यक्षमा सुजता सापकोटा र तृतीय उपाध्यक्षमा लालबहादुर श्रेष्ठलाई निर्वाचित गरेको हो।
यस्तै क्लबको सचिवमा कमल गौतम, सहसचिवमा समिर दुलाल निर्वाचित भएका छन् भने कोषाध्यक्षमा गोमा भट्टराई र सहकोषाध्यक्षमा सुधिना गौतम निर्विरोध निर्वाचित भएका छन् ।
सभाले क्लबको नयाँ सल्लाहाकार समितिमा चौतारा साँगाचोकगढी नगरपालिकाका उपप्रमुख सिता थापा, पुर्व वडाध्यक्ष नरमान श्रेष्ठ, राजेन्द्र श्रेष्ठ र सानुमाया गुरुङ रहेका छन ।
यसैगरी क्लबको डाइरेक्टरमा अर्जुन शर्मा, मिना थापा, रोहित शर्मा र नविन प्रदान रहेका छन । मेम्मरसिप चेयरपर्शनमा कुमार भट्टराई र पवन सापकोटा, सर्भिस चियरपर्सनमा चिरञ्जिवि कट्टेल, पिआर अफिसरमा अनिता ढुंगाना थापा, फाइनान्स अफिसरमा राजु खत्री र हेल्थ अफिसरमा केदारनाथ दुलाल सर्बसम्मत चयन भएका छ्न ।
प्रतिक्रिया दिनुहोस्