२०८१ भाद्र २३
                           

पाकिस्तान र इरानबाट सवा एक लाख अफगानी शरणार्थी स्वदेश फिर्ता 

१८ असार । गत एक महिनामा पाकिस्तान र इरानबाट करिब एक लाख १५ हजार अफगानी शरणार्थी स्वदेश फर्केका छन् । अफगानी नागरिक पाकिस्तान र इरानबाट स्वदेश फर्केको मन्त्रालयका प्रवक्ता अब्दुल मुतालिब हक्कानीलाई उद्धृत गर्दै अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । हक्कानीले फर्केका मानिसहरूलाई नगद र खाना वितरण गरिएकोसमेत बताउनुभएको छ । अफगान कार्यवाहक सरकारले विदेशमा रहेका अफगान आप्रवासीहरूलाई घर फर्कन र आफ्नो युद्धग्रस्त देशको पुनर्निर्माणमा योगदान गर्न आग्रह गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्