२०८१ भाद्र २३
                           

प्रधानमन्त्री प्रचण्डले तत्काल राजीनामा नदिने, विश्वासको मत लिने

१८ असार, काठमाण्डौ । नेपाली काँग्रेस र एमालेबीच नयाँ गठबन्धन निर्माण गर्ने सहमति सँगै माओवादी नेतृत्वको सरकार सङ्कटमा परेको छ ।

तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काल पदबाट राजीनामा नदिने भएको छ । प्रधानमन्त्री प्रचण्डले संवैधानिक प्रावधान अनुसार संसद्भित्र विश्वासको मतको सामाना गर्ने बताए । प्रधानमन्त्री प्रचण्डले मुलुकलाई पश्चगमनतर्फ धकेल्न डरलाग्दो षड्यन्त्र भएको समेत बताए ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा उनले काँग्रेस र एमालेले मुलुकलाई ०४७ कै अवस्थामा धकेल्ने प्रयास गरेको भन्दै त्यसको सशक्त प्रतिवाद गर्ने बताएको हो । बैठकमा प्रचण्डले एमाले अध्यक्ष केपी ओलीले दोहोरो भूमिका खेलेको बताए । ओलीसँग बिहान मात्रै भेट हुँदा समेत बाहिर आएका कुरा केही नभएको भनेर ओलीले जवाफ दिएको प्रचण्डले बैठकमा ब्रिफिङ गरेका थिए ।

गएराति काँग्रेस र एमाले मिलेर नयाँ सत्ता समीकरण बनाएपछि प्रचण्डले पदाधिकारीको आकस्मिक बैठक बोलाएका थिए । माओवादी पदाधिकारीहरूको बालुवाटारमा बसेको बैठकले सरकार नछोड्ने र विश्वासको मतको सामना गर्ने निर्णय गरेको नेता देवेन्द्र पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्