२०८१ भाद्र २३
                           

डडेलोको जोखिम कम गर्न संजाल गठन

१८ असार, सिन्धुपाल्चोक । मंगलबार १३ सदस्य रहने गरी सव डिभिजन वन कार्यालय सिन्धुपाल्चोकको संयोजकत्वमा संजाल गठन गरेको छ । । वन डढेलो नियन्त्रण तथा ब्यवस्थापनका लागी संजाल तयार गरेका हुन ।

संजालमा सामुदायिक वन समुहका पदाधीकारी, नेपाल प्रहरी, शसस्त्र प्रहरी र प्रचारप्रसारमा रेडियो सिन्धु लगायतका संचार माध्यम रहेका छन् ।
संजालले डढेलो नियन्त्रण सम्बन्धी सामुदायिक तथा सरकारी योजनाहरुको प्रभावकारी कार्यान्वयन गर्दै सम्बन्धित निकायहरुबिच समन्वय गर्ने सिन्धुपाल्चोक हरित स्वयमसेवक टिम लिडर शारदा चालिसेले बताए ।

मानवीय कमजोरीका कारण पनि वन डढेलो बढ्दै गएको बताउदै चालिसेले वन डढेलो नियन्त्रणमा संजालले सहजिकरण गर्ने बताए ।
कार्यालयका अधिकृत रमेश दुलालले जल्ने वस्तु, अक्सिजन, आगो यी तीन कुरा मिलेमा मात्र डडेलो लाग्ने हुनाले एक चिज मात्र हटाएमा पनि जोखिम कम हुने बताए । अहिले वर्षात सुरु भएकाले आउदो हिउँदमा हुने जोखिमलाई सोचेर योजना निर्माण गनुपर्नेमा उनले जोड दिए ।

प्रतिक्रिया दिनुहोस्