२०८१ भाद्र २३
                           

प्रथम जिल्ला स्तरीय मैत्रीपूर्ण टेवल टेनिस प्रतियोगीतामा मेन्स सिंगलमा मिलन प्रथम

१८ असार , सिन्धुपाल्चोक । प्रथम जिल्ला स्तरीय मैत्रीपूर्ण टेवल टेनिस प्रतियोगीतामा मेन्स सिंगल तर्फबाट मिलन लामा प्रथम भएका छन् । यस्तै बिबेक कुवँर द्वितीय र कृष्ण भण्डारी तृतीय भएका छन् ।

यस्तै मेन्स डवल तर्फ दिनेश तामाङ र कृष्ण भण्डारी प्रथम भएका छन् । मेन्स डवल तर्फ दिनेश नेपाल र सुनिल सापकोटा द्वितीय अनि मिलन लामा र सुनिल घले तृतीय भएका छन् ।

लेडिज अर्थात महिला तर्फ कल्पना कार्की प्रथम, अनिसा पौडेल द्वितीय र सिता थापा तृतीय भएका छन् । प्रतियोगितामा मेन्स सिंगल तर्फ ३५ जना, मेन्स डबल तर्फ ११ जोडी , भेट्रान १० जना र लेडिज सिङ्गल तर्फ ७ जना खेलाडीहरुले भाग लिएका थिए । प्रतियोगितामा चार बाधामा खेल सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्