२०८१ भाद्र २३
                           

जिल्ला स्तरमा सरोकारवालाहरुसँग अन्तरक्रिया गोष्ठी,वाणिज्य कार्यालय सिन्धुपाल्चोक

१९ असार, सिन्धुपाल्चोक । जिल्लाका उद्योगी तथा व्यवसायीहरुलाई वाणिज्यले ब्यवसायीक सचेतना कार्यक्रम गरेको छ । चौतारामा मंगलबार उद्योग तथा वाणिज्य कार्यालय सिन्धुपाल्चोकले ब्यवसायी तथा सरोकारवालाहरुसंग अन्तरक्रिया गोष्ठी आयोजना गरेको हो ।

कार्यक्रममा उपभोक्ता संरक्षण ऐन २०७५ , उपभोक्ता सचेतना अभिवृद्धि , उद्योगी व्यवसायीले पालना गर्नु पर्ने ऐन नियमका प्रावधानहरूका वारेमा सहायक प्रमुख जिल्ला अधिकारी एवं अनुगमन समीतीका संयोजक जीत बहादुर भण्डारीले सहजीकरण गरेका थिए ।

उद्योगी तथा व्यवसायीलाई ऐन नियम थाहा हुनुपर्ने भन्दै यस्तो कार्यक्रमको महत्वपूर्ण भुमिका हुने भण्डारीले बताए । बजार अनुगमन गर्दा होटल तथा पसलहरुमा राखिएको वस्तुको मिति, तौल हेरिने र म्याद सकिएको, उल्लेख गरे बमोजिम तौल नभएमा ब्यवसायी वा उद्योगीलाई नियमअनुसार जरिवाना सहित वस्तु नस्ट गर्ने उनले बताए ।

व्यवसायीहरुले मुल्य नलेखिएका खाद्य वस्तुहरुको मूल्यसूची उपभोक्ताले देखिने गरी राख्नुपर्ने हुन्छ । सुरक्षा, वस्तुकोबारे सूचना, स्वच्छ प्रतिस्पर्धात्मक मुल्यमा गुणस्तरीय वस्तु वा सेवा छनौट गर्ने अधिकार उपभोक्ताको हुन्छ ।

यसैगरी वाणिज्य कार्यालयको प्रमुख विश्वनाथ काफ्लेले ऐन, नीति, नियम, कानुन सम्बन्धि जानकारी दिएका थिए । उनले प्रदेश औद्योगिक ब्यवसाय ऐन २०७६, प्रादेशिक ब्यापार तथा ब्यवसाय सम्बन्धि ऐन २०७६, उद्योग दर्ता गर्दा चाहिने आवश्यक कागजातहरु, वाणिज्य फर्म दर्ता गर्दा चाहिने कागजातहरु लगायतका विषयमा बताएका थिए ।

केही व्यावसायीहरुले स्थानिय तह र वाणिज्य कार्यलयमा गरी दोहोरो कर तिर्नुपर्ने , दर्ता प्रक्रियामा विभिन्न झन्झट व्यहोर्नुपर्ने गुनासो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्