२०८१ भाद्र २३
                           

कोपा अमेरिकाको क्वाटरफाइनल समिकरण पूरा

१९ असार । कोपा अमेरिका फुटबलको क्वाटरफाइनल समीकरण पूरा भएको छ । आज बिहान ब्राजिल र कोलम्बियाको खेलसँगै प्रतियोगिताको क्वाटरफाइनल पुग्ने ८ टोलीको टुङ्गो लागेको हो । समूह ‘डी’बाट कोलम्बिया समूह विजेता र ब्राजिल उपविजेता बन्दै क्वाटर फाइनल प्रवेश गरेका छन् । यस्तै समूह ‘सी’ बाट उरूग्वे समूह विजेता र पानामा उपविजेता बनेर क्वाटरफाइलन पुगेका छन् ।

समूह ‘बी’बाट भेनेजुयला समूह विजेता र इक्वेडर उपविजेता बनेर क्वाटरफाइनल पुगेका छन् । समूह ‘ए’बाट अर्जेन्टिना समूह विजेता र क्यानडा उपविजेता बनेका छन् । क्वाटर फाइनलको खेल शुक्रबारबाट सुरु हुनेछन् । पहिलो खेलमा अर्जेन्टिना र इक्वेडर खेल्नेछन् । यस्तै भेनेजुयलाले क्यानडासँग, कोलम्बियाले पानामासँग र ब्राजिलले उरूग्वेसँग क्वाटर फाइनल खेल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्