२०८१ भाद्र २३
                           

रास्वपा महामन्त्री ढकालको प्रस्ताव केन्द्रीय समितिमा प्रस्तुत गर्न रोक

१९ असार । राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री मुकुल ढकालले प्रतिवेदनका आधारमा तयार पारेको प्रस्ताव केन्द्रीय समितिमा पेश गर्न रोक लगाएको छ ।

पार्टी केन्द्रीय कार्यालयमा आज सुरु भएको बैठकमा महामन्त्री ढकालले प्रतिवेदन सहित प्रस्ताव प्रस्तुत गर्न खोजे पनि सभापति रवि लामिछानेले रोकेर सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीलाई प्रतिवेदन वाचन गर्न निर्देशन दिएको ढकालको भनाइ छ ।

ढकालले प्रतिवेदनका निष्कर्ष आफ्नो व्यक्तिगत नभएर जनताको राय भएको बताए । यसअघि सचिवालयमा ढकालले आजको केन्द्रीय समिति बैठकको प्रत्यक्ष प्रसारण गर्न प्रस्ताव गरेका थिए ।

उक्त प्रस्ताव केन्द्रिय सदस्यहरुले नमानेपछि महामन्त्री ढकाल आफ्नो मुखमा कालो टेप टाँसेर केहीबेर बैठकमा बसेका थिए । महामन्त्री ढकालले सभापतिलाई प्रतिवेदन बुझाउनुअघि नै सञ्चार माध्यमलाई दिएको भन्दै पार्टी नेतृत्व उनीसंग असन्तुष्ट छ ।

प्रतिक्रिया दिनुहोस्