२०८१ मंसिर ६
                           

जिल्लाका सरोकावालाहरुसंग अन्तरक्रिया गोष्ठी सम्पन्न

२० असाढ, बाह्रबिसे । जिल्लाका उद्योगी तथा व्यवसायीहरुलाई  सचेतना बढाउने क्रममा बाह्रबिसेमा बिहिबार उद्योग तथा वाणिज्य कार्यालय सिन्धुपाल्चोकले जिल्ला स्तरका सरोकारवाहरुंग अन्तरक्रिया तथा गोष्ठी कार्यक्रम सम्पन्न गरेको । कार्यक्रमा ब्यवसाय गर्दा ध्यान दिनुपर्ने कुरा र वस्तु उत्पादन तथा उनीहरुले भोगेका समस्याहरुबारे छलफल तथा अन्तरक्रिया गरिएको थियो  ।
सरोकारवालहरुसंगको सचेतना गोष्ठी कार्यक्रम बाह्रबिसे नगरपालिका उपप्रमुख मंजु तामाङको प्रमुख आतिथ्यमा भएको हो  । कार्यक्रममा बोल्दै उनले स्थानीय बजार र जिल्ला स्तरको बजार अनुगमनको लागि संयुक्त योजनाका साथ जानुपर्ने बताईन् । उनले व्यवसायीहरुलाई कानुनी सचेतना गरेकोमा उद्योग तथा बागिज्य कार्यालय सिन्धुपाल्चोकलाई धन्यबाद व्यक्त गरिन् ।
गेष्ठीमा उपभोक्ता संरक्षण ऐन २०७५ , उपभोक्ता सचेतना अभिवृद्धि , उद्योगी व्यवसायीले पालना गर्नु पर्ने ऐन नियमका प्रावधानहरूका वारेमा सहायक प्रमुख जिल्ला अधिकारी एवं जिल्ला बजार अनुगमन समीतीका संयोजक जीत बहादुर भण्डारीले सहजीकरण गरेका थिए ।

उद्योगी तथा व्यवसायीलाई ऐन नियम थाहा हुनुपर्ने भन्दै यस्तो कार्यक्रमको महत्वपूर्ण भुमिका हुने भण्डारीले बताए । बजार अनुगमन गर्दा होटल तथा पसलहरुमा राखिएको वस्तुको मिति, तौल हेरिने र म्याद सकिएको, उल्लेख गरे बमोजिम तौल नभएमा ब्यवसायी वा उद्योगीलाई नियमअनुसार जरिवाना सहित वस्तु नस्ट गर्ने उनले बताए ।

उनका अनुसार व्यवसायीहरुले मुल्य नलेखिएका खाद्य वस्तुहरुको मूल्यसूची उपभोक्ताले देखिने गरी राख्नुपर्ने हुन्छ । सुरक्षा, वस्तुकोबारे सूचना, स्वच्छ प्रतिस्पर्धात्मक मुल्यमा गुणस्तरीय वस्तु वा सेवा छनौट गर्ने अधिकार उपभोक्ताको हुन्छ ।

यसैगरी वाणिज्य कार्यालयको प्रमुख विश्वनाथ काफ्लेले ऐन, नीति,  नियम, कानुन सम्बन्धि जानकारी दिएका थिए । उनले प्रदेश औद्योगिक ब्यवसाय ऐन २०७६, प्रादेशिक ब्यापार तथा ब्यवसाय सम्बन्धि ऐन २०७६, उद्योग दर्ता गर्दा चाहिने आवश्यक कागजातहरु, वाणिज्य फर्म दर्ता गर्दा चाहिने कागजातहरु लगायतका विषयमा बताएका थिए ।
केही व्यावसायीहरुले स्थानिय तह र प्रदेश सरकारको दोहोरो दर्ता प्रक्रियामा विभिन्न झन्झट व्यहोर्नुपर्ने गुनासो गरेका छन् । सहभागि उद्योगीहरुले आफूले उत्पादन गरेको बस्तुहरुको बजार व्यवस्थापनमा सम्वन्धित निकायले ध्यान दिनुपर्ने माग राखेका थिए ।
कार्यक्रममा सिन्धुपाल्चोक उद्योग बाणिज्य संघ सिन्धुपाल्चोकका अध्यक्ष बुद्धराज बस्नेत तथा पदाधिकारी, कर्मचारी र बाह्रबिसेका उद्योगी व्यवसायीहरुको सहभागिता रहेको थियो ।उद्योग तथा बाणिज्य कार्यालय चौतारा सिन्धुपाल्चोकले गत मंगलबार चौतारा व्यापारीक केन्द्रका  उद्योगी तथा व्यवसायीहरुलाई पनि एक कार्यक्रम आयोजना गरि सचेतना गरिएको उद्योग अधिकृत बिश्वनाथ काफ्लेले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्