२०८१ भाद्र २३
                           

२७ जना किशोरी तथा महिला गन्जला चुली आरोहणमा

२१ असार ,सिन्धुपाल्चोक । २७ जना किशोरी तथा महिलाको टोली गन्जला (कागा) चुली आधार शिविरमा पुग्न सफल भएका छन् । उनिहरु पाँचपोखरी थाङपाल गाउपालिकामा रहेको ५ हजार ८ सय ६३ मिटर उचाइको गन्जला चुलीमा पुगेको हो ।

बिहिवार आरोहण दलका सबै टोली सुरक्षीत र सकुशल गन्जला चुलीको आधार शिविरमा पुगेको आरोहण दलकी संयोजक तथा सगरमाथ आरोही मायाँ गुरुङले बता्इन । मौसम अनुकुल रहेमा शुक्रबार नै चुलीको आरोहण सम्पन्न हुने उनको भनाई थियो ।यस आरोहणले आगामी दिनमा नेपाल पर्वतारोहण संघबाट आरोहण अनुमति लिएर आरोहण गर्ने पिकहरुको प्रवर्धनमा सहयोग मिल्ने गुरुङले बताइन ।

आरोहण गर्न सो महिलाको समूह यही असार १५ गतेका दिन काठमाडौंबाट सिन्धुपाल्चोक तर्फ  लागेका हुन् ।विश्व समावेशी साहसी संस्थामार्फत गन्जला–चुलीको आरोहण गर्न लागेका टोलीलाई शुक्रबार काठमाडौंमा विदाई गरिएको थियो  काठमाडौं नजिक रहेको उक्त गन्जला–चुलीलाइ राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा चिनाउनका लागि बिभिन्न गतिविधि गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्