२०८१ भाद्र २३
                           

चौतारा साँगाचोकगढी नगरपालिकामा भित्र दुध उत्पादन बढ्यो

२१ असार, सिन्धुपाल्चोक । गाउँमा दुहुना भैंसी पालेर गुजारा चलाउदै आइरहेका किसानहरुलाई स्थानिय सरकारले अनुदान दिएपछि सकारात्मक प्रभाव परेको छ । चौतारा साँगाचोकगढी नगरपालिकामा भित्र अहिले दूग्ध उत्पादन बढेको हो । एक वर्षको अवधिमा करिब २७ दशमलव ८ प्रतिशत अर्थात १ लाख ९८ हजार ७ सय लिटर दुध उत्पादन वृद्धि भएको देखिएको छ ।
नगरपालिकाभित्र आर्थिक वर्ष २०७९/८० मा ८ लाख ९९ हजार २ सय ७९ दशमलव ६ लिटर दूध उत्पादन भएको थियो ।

 

आर्थिक वर्ष २०८०/८१ मा बढेर १० लाख ९५ हजार ७ दशमलव ४ लिटर दूध उत्पादन भएको हो । नगरपालिकाले सहकारी मार्फत दुध विक्रीवितरण गर्दै आएका किसानलाई प्रतिलिटर ४ रुपैया अनुदान दिने गरेको छ ।

नगरमा उत्पादन भएको दूध जिल्ला सदरमुकाम चौतारा संगै स्थानीय बजारमा बिक्री हुने गरेको छ भने बाँकी दूध काठमाडौंमा समेत निकासी हुने गरेको छ । किसानलाई दूधमा प्रोत्साहन उपलब्ध गराउँदा अघिल्ला वर्षभन्दा दूध उत्पादनमा वृद्धि भएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्