२०८१ भाद्र २३
                           

सिन्धुपाल्चोकका दुई जना सुपरभाइजर शंकास्पद ८० हजार सहित पक्राउ

प्रहरीले शंकास्पद ८० हजार रकमसहित पूर्वाधार विकास कार्यालयका दुई जना ज्यालादारी कर्मचारीलाई पक्राउ गरेको छ । पूर्वाधार कार्यालय सिन्धुपाल्चोकका दुई जना सुपरभाइजरलाई प्रहरीले शंकास्पद ८० हजार रुपैयाँसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भौतिक पूर्वाधार कार्यालयका फिल्ड सुपरभाइजरहरु दोलखा जिल्ला जिरी नगरपालिका–५ का अन्दाजी ३६ वर्षीय सुम्बा शेर्पा र कालिञ्चोक गाउँपालिकाका–८ का अन्दाजी ३५ वर्षीय नकुल शिवाकोटी रहेका छन्।

उनीहरु दुवै जनालाई प्रहरीले शुक्रबार बेलुकी चरिकोटस्थित होटल एम्ब्रोसियाबाट पक्राउ गरेको हो । उनीहरुको साथबाट नगद ८० हजार बरामद भएको र सो रकम शंकास्पद रहेको दोलखा प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनालाई भौतिक पूर्वाधार कार्यालयले करारमा नियुक्त गरेका फिल्ड सुपरभाइजर हुन् ।

घुसबापत रकम लिएको आरोप

प्रहरीका अनुसार स्थानीय एक निर्माण व्यवसायीबाट विकास निर्माणको योजनाको बिल भुक्तानी मिलाइदिने भन्दै शेर्पा र शिवाकोटीले घुसबापत रकम लिएको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ । घुस लिँदै गरेको सुचना प्राप्त भएसँगै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक विक्रम लामाको नेतृत्वमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो ।

भौतिक पूर्वाधार मन्त्रालयबाट विगु गाउँपालिका-३ बुलुङको सडक स्तरोन्नतिका लागि कोटेशनमा परेको  १० लाख बजेट र सो सडक निर्माणको काम गरेका विगु गाउँपालिका–३ का लाल्साङ तामाङबाट सुपरभाइजरहरुले घुसबापत रकम लिएको बताइएको छ । पक्राउ परेका दुवै जनालाई हिरासतमा राखी अनुसन्धान भइरहेको छ ।

नयाँ पत्रीका बाट

प्रतिक्रिया दिनुहोस्