२०८१ भाद्र २३
                           

छाताले देखिएन फल्चाको सुन्दरता

मोनिका विक –  प्रशासनीक क्षेत्रको छेवैमा निर्माण गरिएको प्रतीक्षालयले बटुवाहरुलाई राहतको महसुस दिन थालेको छ ।
सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारास्थित टुँटिखेलको मुखैमा निर्माण गरिएको नेवारी परम्परा अनुसारको फल्चा अर्थात प्रतीक्षालयले सरकारी कामकाजमा आउने सेवाग्राहीहरुलाई राहतको महसुस गराएको हो ।

चौतारा साँगाचोकगढी नगरपालिकाको आर्थिक सहयोगमा निर्माण भएको फल्चा सेवाग्राहीका लागि असारको चर्को घाम र मुसलधारे पानीबाट ओत लाग्ने ठाउँ मात्र बनेको छैन । काम र हिडाईले लखतरन भएको बटुवाहरुलाई थकाइ मार्ने थलोको रुपमा समेत प्रयोग गर्नेको संख्या बढ्दो छ ।

चिटिक्क बनेको यो फल्चामा थामहरुमा बुट्टा कुदिनका साथै भित्तामा नेवारी परम्परा र संस्कार झल्किने चित्रले थप आकर्षण बनाएको छ । यदपी चटपटेवालाले ठड्याएको छाताले भने फल्चाको सुन्दरता नै छेकिएको स्थानीयहरुको गुनासो छ । उनीहरुले पटकपटक यस विषयमा मेयर कृष्णप्रसाद सापकोटा र वडा न ५ का वडा अध्यक्ष शिव श्रेष्ठले गुनासो गरे पनि कानमा तेल हालेर बसेको आक्षेप लगाए ।

हुन पनि फल्चासँगै चटपटे र पानीपुरी बेच्नेले ठूलो छाता ठड्याएको छ । जसले गर्दा यसको सुन्दरतामा ह्रास आउनका साथै फल्चाभित्र फोहोर हुन थालेको छ । हामीले कसैको व्यवसायमाथि आँखा गाडेको हैन, तर छाता अलिपर सारेर व्यवसाय गर्दा के हुन्छ ? एकजना स्थानीयले प्रश्न गरे । चिटिक्क परेको फल्चा निर्माण गरे पनि थकाइ मार्न कुनै पेटी वा कुर्सीको व्यवस्था नभएकोमा पनि दुखोसो व्यक्त गरे । दिनमा सयौ मान्छे फल्चाभित्र थकाइ मार्न जान्छन् तर बस्ने व्यवस्था भने छैन उनले भने कम्तिमा नगरपालिकाले बस्ने र आराम गर्ने व्यवस्था मिलाइदेओस ।

निर्माणधिन अवस्थामा तातो न छारो के बनाउन लागेको यो भनेर केही स्थानीयले विरोध गरे पनि आकर्षक फल्चा निर्माण सम्पन्न भएर सबैले उपभोग गर्न थालेपछी भने फल्चाको प्रशंसा गर्न थालेका छन् । यदपी प्रतीक्षालयको रुपमा निर्माण गरिएको यो फल्चामा आराम वा वस्नका लागि कुने पनि प्रवद्र्धन भने व्यवस्थापन गरिएको छैन र यो अतिवश्यक रहेको छ ।

बिसौनी

प्रतिक्रिया दिनुहोस्