२०८१ भाद्र २३
                           

नदी तटीय क्षेत्रमा दुई दिनसम्म नै उच्च सतर्कता अपनाउन आग्रह

२३ असार ।  देशका मुख्य ठूला नदीमा आज र भोलि बाढीको उच्च जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज र भोलि कोशी, नारायणी, महाकाली, कर्णाली, बबई, पश्चिम राप्ती, पश्चिम सेती र यसका सहायक नदीमा जलसतह सतर्कता तह आसपास नै हुनेछ ।

महाशाखाले बुलेटिन निकालेर यी क्षेत्रको नदी तटीय क्षेत्रमा दुई दिनसम्म नै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाका अनुसार आज सिन्धुपाल्चोक, दोलखा, दाङ, बाँके, बर्दिया, कैलाली, कन्चनपुर, डडेलधुरा, डोटी र आसपासका जिल्ला भई बहने धेरै स–साना नदीमा बहाव बढ्ने तथा केही साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम रहने जनाएको छ ।

यस्तै झापा, मोरङ, सुनसरी, मकवानपुर, बारा, कास्की, अर्घाखाँची, पर्वत, स्याङजा, पाल्पा, गुल्मी, सल्यान, रोल्पा, प्यूठान, म्याग्दी, बाग्लुङ्ग, पर्सा, चितवन, नवलपरासी, कपिलबस्तु, रुपन्देही, सुर्खेत, अछाम, दैलेख, बाजुरा, जाजरकोट, बैतडी, बझाङ र आसपासका जिल्ला भएर बग्ने धेरैजसो नदीमा आकस्मिक बहावको जोखिम छ ।

प्रतिक्रिया दिनुहोस्