२०८१ भाद्र २३
                           

प्रधानमन्त्री प्रचण्डले जनताको जीउधनको रक्षा गर्न निर्देशन दिए

२३ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अविरल वर्षापछि गएको बाढी पहिरोबाट प्रभावित जनताको जीउधनको रक्षाका निम्ति सबै शक्ति लगाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

सिंहदरबारस्थित ‘एक्सन रुम’बाट देशभर गएको बाढीपहिरोको क्षतिबारे जानकारी लिएपछि प्रधानमन्त्री प्रचण्डले प्राकृतिक विपदबाट प्रभावित नागरिकको उद्धार र राहतमा सक्रिय हुन सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिएका हुन् ।

अविरल वर्षापछि गएको बाढी पहिरोका कारण देशका विभिन्न भूभागमा भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले विपदबाट प्रभावित नागरिकको उद्धार र राहतमा सक्रियतापूर्वक काम गर्नुपर्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस्