२०८१ भाद्र २३
                           

अरनिको राजमार्गअन्तर्गत ५० किलोमा सडक अवरुद्ध

२५ असार । वर्षाका कारण पहिरो जाँदा अरनिको राजमार्गअन्तर्गत काभ्रेको पाँचखालमा पर्ने ५० किलो भन्ने ठाउँमा गएरातिदेखि सडक अवरुद्ध भएको छ । सडकमा लगातार पहिरो खसिरहेकाले पन्छाउन असहज भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए  ।

पाँचखाल नगरपालिका–८मा पर्ने सडकमा पहिरो खसेर झण्डै एक सय ५० मिटर सडक अवरुद्ध भएको हो । गएराति ९ बजेदेखि सडक अवरुद्ध हुँदा दुवैतर्फ गाडी रोकिएका छन् । साना गाडीलाई वैकल्पिक बाटोबाट पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्