२०८१ भाद्र २३
                           

जिल्ला खेलकुद विकास समिति सिन्धुपाल्चोकको अध्यक्षमा रामकृष्ण दंगाल नियुक्त

२५ असार , चौतारा । जिल्ला खेलकुद विकास समिति सिन्धुपाल्चोकको अध्यक्ष पदमा रामकृष्ण दंगाल नियुक्त भएका छन । युवा तथा खेलकुद मन्त्रालय बागमती प्रदेशको गत असार १३ गतेको निर्णय अनुसार दंगाललाई नियुक्ति दिइएको हो ।विगत ४ महिनादेखि समितिको अध्यक्ष पद रिक्त रहेको थियो ।

चौतारा साँगाचोक गढी नगरपालिका ८ घर भएका दंगाल समाजसेवी, खेलप्रेमि तथा पुर्व खेलाडी समेत हुन । दंगालले शैक्षिक सामाजिक क्षेत्र विकासका लागी पनि विभिन्न गतिविधि गर्दै आइरहेका छन । उनि श्री ज्ञान मन्दिर नमुना मावि मेलचौरका विद्यालय ब्यवस्थापन समिका अध्यक्ष समेत हुन ।

प्रतिक्रिया दिनुहोस्