२०८१ भाद्र २३
                           

तिलक र सबिन एकीकृत अखिल नेपाल शिक्षक संगठनमा प्रवेश

२७ असार ,चौतारा । बिहिबार चौतारामा भएको कार्यक्रममा कांग्रेस निकट नेपाल शिक्षक संघका दुई शिक्षक एकीकृत अखिल नेपाल शिक्षक संगठनमा प्रवेश गरेका छन ।
शिक्षक संघका बागमती प्रदेश प्रतिनिधि साँगाचोकगढी नगरपालिका ७ मेलचौरका तिलक दंगाल र शिक्षक संघ चौतारा साँगाचोकगढी नगरपालिकाका पूुर्व सभापति सविन दंगाल माओवादी निकट अखिल नेपाल शिक्षक संगठनमा प्रवेश गरेका हुन् ।

उनिहरुलाई माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख कृष्णप्रसाद सापकोटा, बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्री एवम् माओवादी केन्द्रका केन्द्रीय सदस्य युवराज दुलाल लगायतका माओवादी नेताहरुले संगठनको सदस्यता हस्तान्तरण गर्दै स्वागत गरे।

संगठनमा  प्रवेश गरेका तिलकले आफु पुरानै घरमा फर्किएको र आत्मा देखिनै संगठनलाई मजबुद बनाउन लागि पर्ने बताए । नवप्रवेशी शिक्षकहरुलाई स्वागत गर्दै भौतीक पूर्वाधारमन्त्री युवराज दुलालले बधाई तथा शुभकामना ब्यक्त गर्दै आगामी दिनमा विश्वासकासाथ अघि बढ्ने बताए ।

प्रतिक्रिया दिनुहोस्