२०८१ भाद्र २३
                           

तीन दिनसम्म नदीको जलसतह उल्लेख्य बढ्ने ,उच्च सतर्कता अपनाउन अनुरोध

२८ असार -जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले अबको तीन दिनसम्म देशका विभिन्न नदीको जलसतह उल्लेख्य बढ्ने भएकोले उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

महाशाखाले आजदेखि तीन दिनसम्म कोशी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरू साथै कन्काई, कमला, बाग्मती, पूर्वी राप्ती नदीको जलसतह उल्लेख्य बढ्ने पूर्वानुमान भएकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा उच्च सतर्कता अपनाउन अनुरोध गरेको हो ।

यस्तै आज नारायणी नदी देवघाटमा जलसतह सतर्कता तह माथि रहने र मर्स्याङ्दीमा जलसतह सतर्कता तह नजिक रहेकोले सावधानी अपनाउन समेत महाशाखाले अनुरोध गरेको छ ।

सिन्धुपाल्चोक ,ताप्लेजुङ, पाँचथर,  इलाम, झापा, मोरङ, सनुसरी, उदयपुर, सङ्खुवासभा, सोलुखुम्बु,  सप्तरी, सिरहा, धनषुा, महोत्तरी, सर्लाही, रोटहट, बारा, पर्सा, काठमाण्डौ, भक्तपुर र  ललितपुर, लमजुुङ, कास्की, पाल्पा, रुपन्देही, कपिलबस्तु कैलाली लगायतका जिल्लामा भएका नदी तथा खोलामा पनि आकस्मिक बाढी आउन सक्ने जोखिम रहेको पनि महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्