२०८१ भाद्र २३
                           

विश्व जनसंख्या दिवसको उपलक्ष्यमा  खाद्यन्न सामग्री वितरण

२८ असार, सिन्धुपाल्चोक । जनस्वास्थ्य कार्यलय सिन्धुपाल्चोकले चौतारामा रहेको सेल्टर र वृद्धाश्रममा खाद्यन्न सामग्री वितरण गरेका छन् । विश्व जनसंख्या दिवसको उपलक्ष्यमा  खाद्यन्न सामग्री दिइएको कार्यलयका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गा बजगाईंले बताइन् ।

शक्ति समुहद्धारा सञ्चालनमा रहेको सेल्टरमा हाल ९ जना रहेका छन् । यहाँ शुक्रबार जनस्वास्थ्य कार्यलयको सहयोगमा दाल, चामल, नुन, तेल लगायतका खाद्य वस्तु दिइएको हो । सेल्टरमा विशेष गरी मानव बेचविखनमा परेका पीडितलाई राख्दै आएकोमा पछिल्लो समय पिडित भएका बेसहारा महिलाहरुलाई पनि संरक्षण गरी राख्दै आइरहेको छ । उनिहरुलाई केही राहत होस भन्ने हेतुले रु.९ हजार बराबरको खाद्यवस्तु प्रदान गरिएको बजगाईंले बताइन् ।

यसैगरी वृद्धाश्रम नारायण चौतारामा पनि दाल, चामल, नुन, तेल लगायतका खाद्य सामग्री वितरण गरिएको छ । खाद्यन्न सामग्री वृद्धाश्रम सञ्चालन समितिका सचिव होम कुमारीलाई हस्तान्तरण गर्दै बजगाईंले सहयोग स्वरुप रु ९ हजारको खाद्य सामग्री दिइएको बताइन् । आगामी दिनहरुमा पनि जनस्वास्थ्य कार्यालयले आवश्यकता अनुसार सहयोग गर्ने बताइन् । हाल वृद्धाश्रममा १४ जना रहेका छन् ।

जनस्वास्थ्य कार्यलय सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजगाई, जिल्ला प्रहरी कार्यलयका प्रवक्ता प्रहरी नायव उपरिक्षक निरञ्जन भट्टराई, सञ्चारकर्मी लगायतको सहभागितामा खाद्यन्न सामग्री वितरण गरेको हो ।जनस्वास्थ्य कार्यालयले स्वास्थ्य क्षेत्रमा विभिन्न गतिविधि गर्दै आइ रहेकोमा यस पटक असहाय तथा पीडितलाई लक्षित गरी खाद्यन्न सामग्री सहयोग गरेको हो ।

प्रतिक्रिया दिनुहोस्