२०८१ भाद्र २३
                           

त्रिशुलीमा विहानैदेखि हराइरहेका बसको खोजी जारी

२८ असार । नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालस्थित त्रिशूली नदीमा खसेका दुईवटा बसको खोजी कार्य चलिरहेको छ । सशस्त्र प्रहरी बल, नेपाली सेनाको गोताखोर टोली र नेपाल प्रहरीले खोजी जारी राखेको र अहिलेसम्म बसको अवस्था पत्ता लगाउन नसकेको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसालले सीआइएनलाई जानकारी दिए ।

बिहानभन्दा अहिलेले पानी केही घटेको भएपनि धमिलो पानी र उच्च बहाबका कारण खोजीमा कठिनाइ भएको उनले बताए । सशस्त्र प्रहरीका ३ वटा र नेपाली सेनाको एउटा डुङ्गामार्फत गोताखोरको टोली त्रिशूली नदीमा गएर खोजी गरिरहेको छ ।
दुर्घटनास्थलबाट करिब २ सय मिटर तलसम्म गएर गोताखोरको टोलीले खोजी गरिसकेको छ ।

सिमलतालको पहिरोमा परी वीरगन्जबाट काठमाडौं आउँदै गरेको वाग्मती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौंबाट गौर जाँदै गरेको गणपति लेखिएको वाग्मती प्रदेश ०३–०११ ख २४९५ बेपत्ता भएको थियो । दुवै बसका गरी ६२ यात्रु रहेको र उनीहरुको अवस्था अहिलेसम्म थाहा हुन नसकेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्