२०८१ भाद्र २३
                           

नेपाल सितोरियो सोबुुकान कराते डो संघ सिन्धुपाल्चोकको अध्यक्षमा सुबास गौतम

१ श्रावण ,चौतारा । कराते खेल क्षेत्रको बिकास गर्ने उदेश्यले नेपाल सितोरियो सोबुुकान कराते डो संघ सिन्धुपाल्चोक जिल्ला शाखा मंगलवार गठन गरिएको छ । जिल्ला खेलकुद विकास समितिको कार्यालयमा बसेको खेलप्रेमीहरुको भेलाले कराते डो संघ शाखा गठन गरिएको हो । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रामकृष्ण दंगालको प्रमुख आतिथ्यता, करोतेका एशियन रेफ्रि गंगालाल श्रेष्ठको बिषेश उपस्थिती र वागमती प्रदेश बोर्ड सदस्य निराजन थापा मगरको उपस्थितीमा बसेको भेलाले सुवास गौतमको अध्यक्षतामा सो समिति गठन गरिएको हो ।
सो समितिका उपाध्यक्षमा बिष्णु श्रेष्ठ,सचिवमा नवराज बराल र सहसचिवमा आयुष पण्डित र कोषाध्यक्षमा अस्मिता श्रेष्ठ चयन भएका छन् । यसैगरी समितिको सदस्यहरुमा,अर्जुन रोक्का,सुजन श्रेष्ठ,गोपाल बराल,निर्जना श्रेष्ठ,गायत्री पराजुली,रोनिश श्रेष्ठ,रोजन राना,राजेन्द्र बस्नेत र साधना बञ्जरा चयन भएका कराते डो संघले जनाएको छ ।
यस्तै भेलाले एक सदस्य पछि थप गर्ने गरी पाँच सदस्यीय सल्लाहाकार समिति पनि गठन गरिएको छ । सिपी दुलाल,सागर परियारलाई खेलकुद सल्लाहकार बनाईको छ भने कानूनी सल्लाहाकारमा मोहनराज गिरी र सञ्चार सल्लाहाकारमा टीका दाहाल निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्