२०८१ भाद्र २३
                           

साउन ७ गते प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर

३ श्रावाण – प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ७ गते प्रतिनिधि सभामा सांसदहरूसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने कार्यक्रम तय भएको छ । सभामुख देवराज घिमिरेले मुख्य र प्रमुख सचेतकहरूसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले साउन ६ गते विश्वास मत लिने र साउन ७ गते प्रतिनिधि सभामा सांसदहरूसँग प्रश्नोत्तर गर्ने कार्यक्रम तय भएको बताएको हो ।

सोही प्रयोजनका लागि गृहकार्य स्वरूप सभामुख घिमिरेले आज सचेतकहरूसँग छलफल गर्नुभएको हो । नेकपा (एमाले) का मुख्यसचेतक महेश बर्तौलाका अनुसार प्रधानमन्त्रीले विश्वास मत लिने सूचना संसद सचिवालयलाई पठाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्