२०८१ भाद्र २३
                           

चुरोटमा प्रयोग हुने पदार्थको उत्पादन र आयातमा रोक लगाउन निर्देशन

३ श्रावण – चुरोटमा प्रयोग हुने फ्लेभर, क्याप्सुल तथा ट्याप्लेट जस्ता नशालु पदार्थ आयात र उत्पादनमा रोक लगाउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । बिहिबार बसेको प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकले चुरोटमा प्रयोग हुने पदार्थहरूको उत्पादन, आयात र प्रयोगमा रोक लगाउन सरकारलाई निर्देशन दिएको हो ।

सभापति अब्दुल खानले चुरोटमा प्रयोग हुने फ्लेभर, क्याप्सुल तथा ट्याप्लेटहरू जस्ता नशालु पदार्थहरूले मानव स्वास्थ्यमा गम्भीर असर पारेको भन्दै उत्पादन, आयात तथा प्रयोगमा रोक लगाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएका हुन् । उनले सूर्तिजन्य पदार्थको प्रयोगबाट जनस्वास्थ्यमा पर्ने नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न स्वास्थ्य मन्त्रालयलाई सुझाव दिने बताए

प्रतिक्रिया दिनुहोस्