२०८१ भाद्र २३
                           

सिन्धुपाल्चोकको खान्दोके भाका, खान्दोके सेलो विथ ब्याण्ड” श्रावण १९ गते

३ श्रावण –सिन्धुपाल्चोक जिल्लाको चौतारा, जुगल, बलेफी, बाह्रविसे, मेलम्ची, इन्द्रावती, पाँपोखरीमा ,लिसंखु लगायत तामाङ समुदायमा उहिले देखिनै गुञ्जीदै आइरहेको खान्दोके भाका राजधानीमा पनि गुञ्जीने भएको छ । आफ्नो गाउँ ठाउँको संस्कार सँस्कृतिलाई उजागार गर्दै विभिन्न खान्दोके सेलो बजारमा ल्याइरहेका सिन्धुपाल्चोकका गायक आश्मान लोप्चनले यस पटक “खान्दोके सेलो विथ ब्याण्ड” कार्यक्रम सञ्चालन गर्ने भएका हुन । आउँदो श्रावण १९ गते शनिबार किङ्स लाउन्ज दरबार मार्गमा कार्यक्रम गरिने भएको छ ।

खान्दोके सेलो गायकका रुपमा समेत परिचित र चर्चा कमाइ रहेका गायक लोप्चनले तामाङ समुदायमा लोप हुन लागेका मौलिक कला संस्कृतिलाई तामाङ मौलिक खान्दोके सेलो संगीत मार्फत ऐतिहासिक संस्कृतिको गाथा प्रस्ट्याउने र यसको संरक्षण, सम्बद्र्धन, प्रबद्र्धन गर्दै संसार भरि प्रचार प्रसार गर्ने उदेश्यले यो कार्यक्रम गर्न लागेको बताए ।

तिप्लिङ मिडिया हाउसको आयोजनामा हुने लाइभ सो किङ्स लाउन्ज दरबार मार्गमा दिउँसो १ बजेदेखि शुरु हुने बताएको छ । खान्दोके सेलो क्षेत्रमा निरन्तर योगदान दिँदै आएका गायक लोप्चनको स्वरमा कार्यक्रम खान्दोकेमय हुनेछ । कार्यक्रममा विशुद्ध तामाङ मौलिकतालाई राजधानीको मुटुमा पहिलो पल्ट झल्काउने मुख्य उद्देश्य रहेको लोप्चनले बताए ।
जिल्लाको विभिन्न तामाङ गाउँहरुमा गाइने मौलिक भाकाको रुपमा परिचित  खान्दोके सेलो “आस्साना सार्दो मन पर्दाे” बाट  उठान गरिने मौलिक भाका हो । यसलाई मन पराउनेहरु विश्वभर छरिएर बसेका छन् ।

प्रतिक्रिया दिनुहोस्