३ श्रावण , सिन्धुपाल्चोक । चौतारा अस्पतालबाट सञ्चालन हुँदै आएको अस्पतालमा आधारित लैँगिक हिंसा सम्वन्धी एकद्वार कार्यक्रमका बारे छलफल भएको छ । आर्थिक वर्ष २०८०/०८१ म १३१ जना सेवाग्राही प्रत्यक्षरुपमा लावान्वित भएको चौतारा अस्पतालले जनाएको छ ।
लावान्वित हुन मध्य सबैभन्दा बढी ९० जना चौतारा साँगाचोकगढीभित्रका र सबैभन्दा सबैभन्दा कम जम्मा एकजना मेलम्ची नगरपालिकाका रहेका छन् ।
सबैभन्दा बढी १९ देखि ४५ वर्षसमूहका महिला महिलाहरु कार्यक्रमबाट प्रत्यक्ष लावान्ति भएको डा. सरोज श्रेष्ठले जानकारी दिए ।
अस्पतालमा लैँगिक हिंसा सम्वन्धी एकद्वार संकट व्यवस्थापन केन्द्र स्थापना गरि लैँगिक हिंसा पीडितहरुलाई स्वास्थ्य उपचारका साथै अन्य आवश्यक सेवाहरु एकद्वारबाट उपलव्ध गराइ लैँगिक हिंसा नियन्त्र गर्नका लागि २०७४ सालबाट सञ्चालन हुँदै आएको यो सेवा प्रभावकारी रहे पनि सबैको पहुँचमा भने पुग्न नसकेको सरोकारवालाहरुले बताए् ।
स्थानीय सबै स्वास्थ्यकर्मीहरुलाई वरिन्टेसन दिएर जानकारीमूलक कार्यक्रम मात्र पनि गर्न सकियो भने सबैको पहूँच बढ्ने प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताए ।
प्रहरी उपरीक्षक सन्तोष खड्का, शिक्षा समन्वय प्रमुख कृष्ण सुवेदी, जिल्ला न्यायधिवक्ता उर्मिला दाहाल, नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठ, शक्ति समूहका हरिकला भट्टले कार्यक्रमको आवश्यकता र प्रभाकारिताको बारेमा टिप्पणीसहित कार्यक्रमको पहुँच बढाउनका लागि सुझाव दिए ।
चौतारा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्रमणि भण्डारीले लैँगिक हिंसाबाट पीडित महिला तथा बालबालिकाहरुलाई एकीकृत रुपमा स्वास्थ्य सेवा, मनोसामाजिक विमर्श, चिकित्साजन्य प्रमाण संकलन, संरक्षण लगायतका सेवाहरु प्रदान गर्नका लागि केन्द्र सञ्चालनमा आएको उल्लेख गर्दै यसले आफ्नो उदेश्य पुरा गर्न सफल भएको दावी गरे ।
बिहीबार अस्प्तालद्वारा आयोजित एकद्वार संकट व्यवस्थापन केन्द्रको बैठकमा स्वास्थ्यकर्मीहरु सीता श्रेष्ठ र सन्तमाया जिरेलले आफ्नो धारणा राखेका थिए ।
प्रतिक्रिया दिनुहोस्