२०८१ भाद्र २३
                           

बाढीले पुर्याएको क्षति बारे मन्त्री दुलालले गरे स्थलगत अध्यन, दिगो विकासका लागी पहल गर्ने 

श्रावण ४, सिन्धुपाल्चोक ।  बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल ‘शरद’ले गएरातिको बाढिले मेलम्ची,पाँचपोेखरी क्षेत्रमा अतुलनिय र अकल्पनीय क्षति पुर्याएको बताउनुभएको छ । आज बाढीको अनुगमनका लागी तिपेनी चिण्डे सम्म पुग्नुभएका पूर्व मन्त्री दुलालले क्षति पुगेका बस्ती, सडक र खेतियोग्य जमिनहरुमा तत्कालको लागी जनवीवन सहज बनाउनका लागी स्थलगत अध्ययन गरेको बताउनुभयो ।

उहाँले लाँगर्चेबाट बैकल्पिक सडक खोल्ने र दिर्घकालिन रुपमा गाउँपालिका सँग समन्वय गरेर हिउँद लागेपछि यहाँको बस्तुगत अवस्थाको अध्ययन गर्दै पक्कि र दिगो विकासका लागी आफुले सधैं पहल गर्ने उद्घोष गर्नुभयो । जिल्ला प्राविधिक विकास कार्यालय चौताराका प्राविधिक सहित पुग्नुभएका मन्त्री दुलालले गाउँपालिकाको ३ वटा झोलुङ्गे पुलमा समेत बाढीले क्षति पुर्याएका कारण पालिका सँग जोडिन समस्या भएको भन्दै विकल्पको खोजि गरिने बताउनुभयो ।

बाढीले याङ«ीको झोलुङ्गे पुल, चिण्डे जतन र बरुवा बाट धाप जोड्ने पुलमा क्षति पुर्याएको छ । बाढीले ७ दशमलव ५ मेगावाट क्षमताको आयोजनाको पाँचपोखरीको तिपेनीमा रहेको इन्द्रावती तेस्रो जलविद्युत् आयोजना ड्याम बालुवाले भरिएको, ‘सवस्टेसन’ र पावर हाउसमा क्षति पु¥याएको पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिनुभयो ।

जिल्लाको क्षेत्र नम्बर २ का अधिकांश भागमा विद्युत् सेवा अवरुद्ध भएको छ । साथै खाल्डेखोलादेखि तिपेनीसम्म सडकसमेत अवरुद्ध भएको छ । यस क्षेत्रमा जाने वैकल्पिक सडक नहुँदा अत्यावश्यक यातायातका साधनसमेत चल्न नपाउँदा बिरामीसमेत मारमा परेका उहाँले बताउनुभयो ।

त्यस्तै चिन्डे जतन जोड्ने झोलुङ्गे पुल र याङ्ग्री पुल गरि ३ पुल बाढीले बगाएको स्थानीय ग्याल्बो साम्देनले बताउनुभयो । याङ्ग्री तथा इन्द्रावती नदी तटीय क्षेत्रको खेतीयोग्य जमिन बगाएको छ । चिनियाँपुल, माझीरुम्टी, तिपेनी, खस्रेबालुवा र खाल्डेखोलाजस्ता बस्ती बजार र अस्पताल पनि जोखिममा रहेको बताइएको छ ।
मेलम्ची, इन्द्रावती तथा पाँचपोखरी जोड्ने मेलम्चीमा गत वर्ष मात्रै बनेको ‘बेलिबृज’ पनि जोखिममा परेको छ ।

त्यस्तै मेलम्चीमा नवनिर्मित बसपार्क, खेलमैदान र निर्माणाधीन कभर्डहल समेत बाढीको जोखिममा बताइएको छ । यसैबिच वागमती प्रदेश सभा सदस्य कृष्णकुमार तामाङ (समीर)ले बाढीले पुर्याएको क्षतिलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर उपायको खोजिका लागी स्थलगत अवलोकन गर्नुभएको छ ।

आज बिहान पाँचपोखरी थाङपाल गाउँपालिकाका उपाध्यक्ष सुनिता अधिकारी ,६ र ७ का वडाअध्यक्षहरु,नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्लाका नेता लगायतको टोलिले अवलोकन गर्दै आफुले क्षति व्यवस्थापनका लागी प्रदेश सरकालाई झकझक्याउने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्