२०८१ भाद्र २३
                           

भन्सार चोरी निकासीका आईफोन सहित बाह्रविसेका २ जना पक्राउ

४ श्रावाण, सिन्धुपाल्चोक । भोटेकोशी गाउँपालिका २ स्थित नौ किला सडक खण्डमा चेकजाँच गर्ने क्रममा प्रहरीले ४० लाख ३२ हजार ७ सय रुपैयाँको समान बरामद गरेको छ । इलाका प्रहरी कार्यालय कोदारीबाट खटिएको प्रहरी टोलीले गत असार ३१ गते मोटरसाईकल पछाडी सवार बाहबिसे ७ घुम्थाङका बर्ष २९ को राजु थापाले पछाडी भिरेको झोलामा समान भेटिएको हो ।

उनको साथबाट उत्तरी नाका चिन हुँदै कोदारी तर्फ भन्सार छली चोरी निकासी पैठारी गरी ल्याइएको आईफोन २१ थान १३ प्रो म्याक्स र मोवाईलको व्याट्री ६ थान फेला परेको प्रहरीले बताएको छ ।

उक्त समान बरामद गरे संगै मोटरसाईकल चालक पेम दोर्जे शेर्पा र पछाडी सवार राजु थापा समेतलाई पक्राउ गरी सामान सहित तातोपानी भन्सार कार्यालयमा आवश्यक कार्वाहीको लागि पठाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता डिएसपी निरन्जन भट्राईले बताए।

प्रतिक्रिया दिनुहोस्